बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालयले २४ घण्टे अल्टिमेटम
422 Views
ताप्लेजुङ्ग, २ चैत खोज मिडिया । बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २४ घण्टे अल्टिमेटम दिएको छ । फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधानिकरुपमा खुल्ला रुपमा पेट्रोलियम पदार्थको कारोबार भइरहेको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको थियो ।तोकिएको समयभित्र नहटाएमा वा बोतलमा राखेरै पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा तत्काल जफत गरी बिक्रेतालाई कानुनबमोजिम का*रबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले चेतावनी दिए ।
सदरमुकाम फुङ्लिङ बजारमा पहिलेदेखि नै तरकारी, किराना, फलफूलजस्ता पसलमा व्यापारीले पानीको बोतलमा भरेर पे*ट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेका छन् । यस्ता पसलहरुमा बिक्री गरिने कतिपय पेट्रोलियम पदार्थमा पानी वा अन्य तरल पदार्थ मिसाएर बिक्री हुने गरेको बताइन्छ ।
त्यस्तै मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका र सडे–गलेका खाद्य पदार्थहरु पनि फेला परेको अनुगमन टोली जनाएको छ । सदरमुकाम फुङ्लिङ बजारका माछा मासु पसलमा कुहिएको तथा सडेको माछामासु फेला परेको थियो । केही पसलमा निक्कै सडेको र कुहिएको माछा मासु फेला परेकाले जफत गरी नष्ट गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।
यस्तै पेट्रोलियम पदार्थ अति प्रज्ज्वलनशील भएकाले आगलागीको जोखिम पनि उत्तिकै रहँदै आएको स्थानीयले बताउने गरेका थिए । यसरी विगतदेखि नै गैरकानुनी रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरिएको भए पनि नियमक निकाय भने मुकदर्शकजस्तै भएको उपभोक्ताको आरोप छ | बजार अनुगमनका क्रममा पानीको बोतलमा राखेर जथाभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा प्रज्ज्वलनशील वस्तु पेट्रोल बिक्री वितरण गर्नेलाई कारबाही गरिने भएको हो ।
यता सडे–गलेको माछामासु बिक्री गरेको भेटिएपछि पुनः दोहोरिएको पाइएमा कानुनी कारबाही हुनेतर्फ सचेत गराइएको छ । यस्तै केही किराना पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तुहरु पनि फेला परेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस