सिरहाको धनगढीमाईको प्रशासकिय भवनको उदघाटन
729 Views
शम्भु चौधरी लहान १ चैत्र । सिरहाको धनगढीमाई नगरपालिकाका जनप्रतिनिधि निर्वाचित भएको दिन देखि नै भवनको आभाव खेप्दै आईरहेको थियो । एकीकृत रुपमा एकै ठाउँमा सेवा दिन ईच्छा हुँदाहुँदै पनि भवनको आभावमा फरक फरक स्थानमा सेवा ग्राहीलाई सेवा दिन बाध्य भएको नगर प्रवत्ता प्रकाश योन्जनले बताए । उक्त समस्यालाई पुर्णरुपमा सामाधान गर्न नगरपालिकाले प्रविधि युक्त आफ्नै प्रमुख प्रसाशकीय भवनको निर्माण कार्य सम्पन्न गरेको छ ।
नगरपालिकाले कार्यालयको कामकाज सहजरुपमा प्रवाह गर्न सुविधा युक्त भवन निर्माण गरेको छ । नगर प्रमुख हरिनारायण चौधरीले वडा नम्बर १० स्थित निर्माण भएको पाँच तल्ले प्रमुख प्रशासकीय भवनको सोमबार एक कार्यक्रम बिच उदघाटन गरेको छ । करीब १४ करोड्को कुल लागतमा संघिय सरकारको विशेष अनुदान र नगरपालिकाको आफ्नै लगानीमा भवन निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले बताए ।
आर्थिक बर्ष ०७५र०७६ मा सुरु गरिएको भवन निर्माणको कार्य निर्धारित समय भित्रै सम्पन्न गरिएको छ। सम्पुर्ण डिजिटल प्रविधी, अन्डरग्राउन्डको कम्पाउण्ड भित्र गाडी पर्किङ्ग गर्ने सुविधा सम्पन्न भवन निर्माण गरिएको नगर प्रमुख हरिनारायण चौधरीले बताउनुभयो ।
भवन निर्माण गर्न काठमाडौंको खानी मिसन जेभि कम्पनिले ठेक्का लिएको थियो । भवन निर्माण गर्न स्थानीय समाजसेवी पुनम कुमारी महतो र कपिलदेव महतोले करोडौं मुल्य पर्ने १३ कठ्ठा क्षेत्रफलको जग्गा निस्शुल्क दान गरेको छ । उक्त नव निर्मित भवन सिरहाको १७ स्थानीय तहहरुको भवन मध्ये नमुना भवन भएको स्थानीयहरु बताउँछन् ।





प्रतिक्रिया दिनुहोस