सुनापतिको रूपाकोटमा ५ नं वडाको पक्कि वडा कार्यालय भवन उद्घाटन तस्बिरसहित
1050 Views
रोमन लामा (क्षितिज)
रामेछाप २९ फाल्गुण खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिका ५ नं वडाको वडा कार्यालय भवन उद्घाटन भएको छ। भव्य कार्यक्रम माझ २८ फाल्गुण २८ गते शनिवार माननीय तथा पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा नवनिर्मित पक्कि वडा भवनको उद्घाटन भएको छ। सुनापति गाउँपालिका ५ नं वडाको वडा कार्यालयको ४ कोठे पक्की भवन उद्घाटन सम्पन्न वडा अध्यक्ष ठुलोकान्छा तामाङले खोज मिडियालाई जानकारी दिए ।
वडा अध्यक्ष तामाङको अनुसार माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठ ‘कुशल’ सहित पालिका अध्यक्ष धावा लामा, माओवादी केन्द्रका नेता पेमा लामा, नेकपा एमालेको नेता रामकृष्ण लामा, नेपाली कांग्रेस सुनापति-५ का स्थानीय नेता गंगाराज लामा, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुनापति गाउँपालिकाको सबै वडाको वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
भव्यताका साथ साँस्कृतिक कार्यक्रम सहित ५ नं वडाको वडा कार्यालय भवन उद्घाटन भवन भएसँगै अब नवनिर्मित भवनबाट नै सेवा सुचारु भएको छ ।
तस्बिरसहित

















प्रतिक्रिया दिनुहोस