“नो रोड नो भोट” अभियान संचालन गर्दै रामदी मट्टिखानका युवाहरु
594 Views
पोखरा, फाल्गुन २६ खोज मिडिया । फुस्रेखोला रामदी मट्टिखान देउराली सडक निमार्णमा काम ढिला सुस्ति हुँदा रामदी मट्टिखान देउराली सडक उपभोक्तले दुःख पाईएका छन् । बि.सं २०७४ असार २४ गते काम सुरु गरिएको सो बाटो निर्माण कार्य हाल सम्म कुनै प्रगति नभएको हुँदा सडक उपभोक्ता संघर्षमा उत्रिएका छन् । पोखरा-२१ मट्टिखानमा उपभोक्ताहरुको भेला बाट “स्वतन्त्र समाज सुधार युवा शक्ति रामदी मट्टिखान”गठन गरेका छन।
सो समितिले आफना निम्न अनुसारको संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । पहिलो चरणको कार्यक्रममा बाटो समितिलाई बाटोको बारेमा जनतालाई के हुर्दै छ भनेर सोध्ने दोश्रो चरणो कार्यक्रममा उपभोक्तलाई यस बाटोको बारेमा जानकारी गराउने । तेश्रो चरणमा वडा कार्यालयमा बाटोका बारेमा जानकारी गराउने र निर्माण सुचारु गर्न आग्रह गर्ने त्यसपछी यस क्षेत्रमा कृयाशिल राजनितीक दलका प्रतिनिधि सग छलफल गर्ने र महानगरपालिका ,जिल्ला स्तरका राजनितिक नेताहरुलाई यस बाटोको बारेमा जानकारी गराइ ध्यानाकर्षण गराउने साथै निर्वाचित संघ र प्रदेशका साम्सद सग भेट गरि हाम्रा माग प्रस्तुत गर्ने
यसरी पनि कुनै उपाय नभेटिय भौतिक योजना तथा पुर्वाधार मन्त्रालय मा डेलिकेसन जाने यसरी कुनै सहमति नवनेमा ठेकेदारलाई जनता माझ ल्याइ प्रतिबद्धता जनाय जनताहरुले “नो रोड नो भोट” अभियान संचालन गर्ने साथै आउँदै गरेको स्थानिय चुनावमा पोखरा-२१ रामदी आधारभूत विध्यालयमा रहेको मतदान केन्द्रमा जिरो भोट गर्ने योजना भएको समितिक संयोजक सूर्य पौडेलले जनाए ।





प्रतिक्रिया दिनुहोस