लमजुङको सुन्दरबजारमा कर्फ्यु
362 Views
लम्जुङ्ग, २५ फागुन खोज मिडिया । लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि क*र्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।
यहाँस्थित फ्युचरस्टार आवासीय माध्यामिक विद्यालयका एक विद्यार्थीको पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृ*त्यु भएको घ*टनाका कारण उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन क*र्फ्यु लगाइएको प्रशासनले जनाकारी गराए ।
जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना अनुसार क*र्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका–७ को पूर्व–दक्षिण स्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दीनदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका–९ को मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ।
मंगलबार दिउँसो पौडी खेल्ने क्रममा फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी सनिज श्रेष्ठको मृ*त्यु भएको थियो। तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए। होस्टेलबाट एक जना शिक्षक र दुई जना विद्यार्थी पौडी खेल्न मर्स्याङ्दीमा गएका थिए। उनीहरूमध्ये पौडी खेल्ने क्रममा नदीले बगाएर सनिजको मृ*त्यु भएको हो। श*वलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी बैद्यका अनुसार निषेधाज्ञाको समयमा सवारी साधन आवतजावतमा बन्द गरिएको छ। दूध बोकेका गाडी, एम्बुलेन्स र प्रेसलाई आउजाउ गर्न दिइने छ । अन्य कुनै पनि सवारी साधन चल्न पाउने छैन । नि*षेधाज्ञा क्षेत्रमा नेपाल प्र*हरी र सशस्त्र प्र*हरी परिचालित भएको छ । पोखरा र तनहुँबाट समेत प्र*हरी ल्याएर परिचालित गरिएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।
घ*टना हुनुमा स्कुलको ला*परबाही देखाउँदै आफन्तले मंगलबार विद्यालयमा तो*डफो*ड गरेका थिए । भी*डले दुईवटा स्कुल बस, एउटा भ्यान र स्कुलको मुल गेट तो*डफो*ड गरेका हुन् । स्कुलको वार्डेनसँगै गएका विद्यार्थीलाई मस्र्याङ्दीले बगाएपछि आफन्त र स्थानीयको प्रदर्शनले स्कुल क्षेत्रमा तनाव बढेको थियो । मध्यान्ह १२ बजेतिर दुईजना विद्यार्थी र होस्टेल वार्डेन मस्र्याङ्दी नदीतिर गएकोमा पौडी खेल्ने क्रममा दिउँसो १ः१५ बजेतिर श्रेष्ठलाई मर्स्याङ्दीले बगाएको प्र*हरीले बताएको छ ।
विद्यार्थीको आफन्तलाई थाहै नदिई शव पोष्टमार्टमका लागि अस्पताल ल्याएको भन्दै स्थानीयले बेंसीसहरस्थित जिल्ला अस्पताल र प्र*हरी कार्यालयमा आएर पनि प्रदर्शन गरेका थिए । प्रहरीले स्कुलका शिक्षक सरोज अमलिया र एकजना विद्यार्थीलाई नि*यन्त्रणमा लिएको जनाएको छ।
मंगलबार बेलुका पीडितका परिवार र आफन्तसंग बसेर छलफल गर्दा पीडित परिवार सहमतिमा नआएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । घ*टनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्ने, घ*टनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि का*रबा*ही प्रक्रिया अघि बढाउने प्र*हरीले बताएको छ ।





प्रतिक्रिया दिनुहोस