“पल शाह” को पक्षमा पुण्य गौतम तनहुँ आईपुगे
771 Views
तनहुँ, १७ फागुन खोज मिडिया । जब*रजस्ती क*रणीको आरोप लागेका चर्चित नायक पल शाहलाई प्र*हरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेपछि उनलाई भेटन सामाजिक अभियान्ता पुण्य गौतम तनहुँ आइपुगेका छन ।
गौतमले नायक शाहलाई थुनामा रहेका बेला भेटघाट गरेको बताए । १५ मिनेटसम्म पल शाहसँग भेटघाट गरेको जानकारी उनले दिए । शाहलाई फसाइएको हुन सक्ने उनले बताए । उनलाई फसाउन ठूलो गिरोह लागेको देखिन्छ गौतमले भने ।
नेपाली जनताको माया र ममता पाएका शाह धेरै समय हिरासतमा नरहने जानकारी समेत उनले गराए । उनको भनाइ अनुसार पनि पल शाह निर्दोष भएको हुन सक्ने आफुले बुझेको गौतमले बताए । सामाजिक अभियान्ता गौतमसँग टिकटक बनाउने र फोटो खिच्नेहरुको भिड लागेको छ ।
उनीसँग अन्तरवार्ता लिनेहरु पनि त्यतिकै धेरै रहेको बताइएको छ । देशभरका घ*ट*नाहरुका बारेमा जानकारी लिने र आफ्नो धारणा राख्ने गरेका गौतमले दोस्रो पटक तनहुँ आएको बताए ।





प्रतिक्रिया दिनुहोस