पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रीका लागि झिलिमिली
745 Views
काठमाडौँ, १७ फागुन खोज मिडिया । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रीका लागि तयारी स्वरुप झिलिमिली बनाइएको छ। महाशिवरात्री अवसरमा पशुपतिनाथ परिसरमा रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको छ।
पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको छ। सो कार्यका लागि करिव ५० लाख खर्च भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ। आज फागुन १७ गते महाशिवरात्री पर्व हो ।
महाशिवरात्रिको अघिल्लो दिन हिजो सोमबार साँझ पशुपति क्षेत्रमा चहलपहल निकै बढेको थियो । महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना-कुनामा भीड बढेको देखिन्छ ।
हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति बिकास कोषले जनाएको छ।
शिवरात्रीको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबाहरुको उपस्थिति हुने गरेको छ। यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ “मृगस्थली”, अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ।
यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मुल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहज दर्शनका लागि व्यवस्थापन चुस्त बनाएको पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताएका छन ।
उनले आजसम्म लगभग १५ हजार जना साधुसन्त आइसकेको र यो संख्या १७ गते सम्म ५० हजारसम्म पुग्ने क्षेत्रविकास कोषको अनुमान रहेको बताएका छन । त्यस्तै १० लाख दर्शनार्थीहरुले शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्ने पनि बताएको छ ।
क्षेत्र विकास कोषले अहिलेसम्म महा शिवरात्रीका लगभग सबै काम सकिएको बताएको छ।





प्रतिक्रिया दिनुहोस