महावीर पुनको “ती विलक्षण वैज्ञानिक, यी असाधारण वैज्ञानिक “
1076 Views
काठमाडौँ,१५ फागुन खोज मिडिया । सम्बृद्धीकाे सपना त्याे बेला अंकुराउँछ जतिबेला खाेज्ने र आविष्कार गर्ने, साेच र चिन्तनकाे छातामुनी हामी ओतिन्छाैं । यी दुइ पात्र त्यही मन्चकाे निर्माणकाे लागि वर्षाै देखि खटि रहेका छन् ।
विज्ञान र प्रविधीकाे क्षेत्रमा खटि रहेका यी दुई पुस्ताकाे कुराकानीमा आधारित राेचक विषय कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू जिवन कहाँनी महत्वपूर्ण छन ।
जसले निराशमा आशा खाेजे, जसले आँफू हिड्ने बाटाे आफैँ काेरे र बाँकी दुनियाँलाई सम्भावनाकाे चाबी देखाईदिए सुरुमा यस कर्म विरकाे साेच्ने सैली र काम गर्ने सैली देखेपछि कत्तिले बाैलाहा भने, कत्तिले भत्केका मान्छे भने, कत्तिले के गरेकाे? भनेर अनेकौं प्रश्न र संकाहरु गरे कर्मवीर यी पात्रहरु कुरा भन्दा काम गर्नमा सिपालु छन् ।
सिपालु कर्मवीर पात्रहरुको हेर्दा साधारण लाग्ने तस्विर :

“हेर्दा साधारण लाग्ने यी पात्रहरुले असाधरण काम गरेर समाजलाई नयाँ दिशा र उचाइमा पुर्याईरहेका छन् । यीनका अगाडिको समस्या आविस्कारकाे जननि बनिदिन्छ ।” यीनका अगाडिको अभाव सृजनाकाे स्राेत बनिदिन्छ । निराशा र अभावकाे मुस्लोमा चाँदीको चम्किलो घेरा देखाई रहने यी पात्रले याे माटो छाेडेर पलायन हुने कहिल्यै सपना देखेनन् । यीनकाे सङ्कल्प र संघर्ष देखेर जाे काेहि पनि हाैसिन सक्छन् ।
हेर्दा साधारण देखिने महावीर पुन :

“पसिना र लगनशीलताकाे धारा पाेख्दै सम्भावनाकाे क्षितिज देखाउने यी पात्रहरु समाज रुपान्तरणका अँस हुन् । विज्ञान र प्रविधिको क्षेत्रमा “महावीरपुन”ले पाईला चालेकाे दशकाैँ वर्ष भईसकेकाे छ । उनले एक्लै सुरु गरेकाे यात्रामा अहिले उनकाे पाईला पछ्याउने सयौं युवाहरूको जमान छ । “महावीर पुन”का पाईला पछ्याउने मध्यका “गणेश विक्रम सिँह आले मगर” पनि एक हुन । जसले नेपालकाे “राेवाेटिक” क्षेत्रमा केही नयाँ काम गरेर देखाई दिएका छन् ।”
गणेश विक्रम सिँह आले मगरको तस्विर र युवाहरु :


“वि.स.१०११ सालमा म्याक्दीकाे नागि गाउँमा जन्मेका “महावीर पुन” राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक तथा सामुदायिक विकास कर्मी हुन् ।” टुकीको उज्यालोमा अक्षर चिन्दै उनी हुर्किए । धुलाेमा किरिमिरि अक्षर काेर्दै क,ख,रा लेख्न सिके। चुहिने छानामुनि कयौं हिउँद,बर्खाद काटेका महावीरले म्याक्दीमै आधारभुत तह सम्मकाे शिक्षा हाँसिल गरे । उनका बुवा ब्रिटिस आर्मी थिए । शन्ततीलाई शिक्षाको ज्याेतिबाट बन्चित गर्नु हुँदैन भन्ने मान्यतामा अढिक बुवाले परिवारलाई चितवन झारे । मा.वि तह सम्मकाे अध्यन गर्न महावीरका लागि म्याक्दी भन्दा चितवन सहज भयाे, तर उच्च शिक्षा अध्यनका लागि उनकाे बाटाे सहज थिएन र एस.एल.सी पछि उनी काठमाडौं आए ।
महावीरपुनको बुबा र उनको अद्यनरत विद्यालय ;


“जेनतेनले कक्षा १२ सम्मकाे अध्यन उनले अमृत साईन्स क्याम्पस बाट पूरा गरे ।” कक्षा १२ पछि थप अध्यन गर्ने उनकाे रहर त थियाे तर महत्वकाङ्क्षा भने थिएन । घरकाे आर्थिक परिस्थिति असहज भएकाले उनी चितवनै फर्किए । करिव आधा दर्जन स्कुलहरुमा एक दर्जन वर्ष शिक्षण गर्दै बिताए तर विश्वविद्यालय तहकाे अध्यन गर्ने तिर्खा उनकाे मेटिएकाे भने थिएन । वि.स.२०४५ सालमा उनले अमेरिकाकाे “नेब्रासका विश्वविद्यालयमा” (NEBRASKA ALUMNI ASSOCIATION UNIVERSITY OF NEBRASKA -LINCILN)छात्रवृत्तिमा पढ्ने अवसर पाए ।

“त्याे झिल्लीमिलि संसार,त्याे दुनियाले सपना देख्ने ठाउँ, त्याे अमेरिका उनले पाएकाे त्याे छात्रवृत्तिले उनकाे जिन्दगीलाई फराकिलो भएर फैलिन मद्दत गरेकाे थियाे “। बाँकी संसार अमेरिका जाने तछाड-मछाड गर्दै थियाे , तर महाविर पुन अध्यन पश्चात् अमेरिका छाेडेर नेपालमै केही गर्ने सपना बुन्दै थिए । र अन्तत उनी जन्म गाउँ नागिमै फर्किए ।
महावीर पुन आफ्नै गाउँ फर्किएको तस्विर :

विभिन्न संघसंस्था तथा दाताहरूको सहयाेगबाट नागि र राम्चे आसपासका गाउँहरुमा (वाईर्लेस ईन्टरनेट सेवा) सञ्चालन गर्न उनी सफल भए । शिक्षा , स्वास्थ ,सञ्चार तथा ग्रामीण आयआर्जनकाे अविवृद्दिका लागि उनी हाेमिए । सम्भावना नदेखिएको ठाउँमा सम्भावना देखाईदिए । वि.स.२०५९ सालमा उनकाे गाउँ ईन्टरनेटकाे माध्यमबाट संसारसगँ जाेडियाे ।
पहिलोचोटी आफ्नै गाउँमा ईन्टरनेट जोड्दै :

“उनी “ईन्टरनेट हलअफहेम” समग्र सामाजिक नविन्ता पुरस्कार (जनाथन विपाेस्टल अवार्ड) एसियाकाे नाेवेल पुरस्कार मानिने राेमन म्यागसिसि जस्ता पुरस्कारबाट उनी सम्मानित भईसकेका छन् । प्रतिभा सबैसँग हुन्छ तर पाेखिने मञ्च चाहिन्छ । त्याे मञ्चकाे निर्माण गरिदिन सक्याे भने नेपाली युवाहरु पलायन हुने थिएनन् ।”
“राष्ट्रिय आविष्कार केन्द्र” त्यस्ताे मञ्च हाे जस्ले प्रतिभालाई फक्रिने जमिन दिएकाे छ । फैलिने आकाश दिएकाे छ । व.स.२०६८ सालमा उनकाे परिकल्पनामा सुरु भएकाे याे केन्द्रमा सेलरोटी बनाउने मेसिन देखि ओैषधी बाेक्ने ड्राेन सम्म निर्माण हुन्छन् । विज्ञान तथा सामाजिक विकासकै खातिर महावीर पुनका दर्जनौं वर्षहरु वितिसके । खाेज र आविष्कारमा लागिरहने पुस्ता निर्माणमा उनी हाेमीरहेका छन् । बाँकी जिन्दगी उनी यसैगरी बिताउन चाहान्छन् ।






प्रतिक्रिया दिनुहोस