पत्रकारलाई प्रहरीले धम्काएकोमा महासंघको आपत्ति
762 Views
काठमाडौँ, १४ फागुन खोज मिडिया । माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्र*हरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मु*द्दासमेत लगाउन सक्ने धम्की दिएको घ*टनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
प्र*हरीलाई सहयोग पुग्ने आशयमा लेखिएको उक्त ब्लगको भित्री कुरो नबुझी ब्युरोका जिम्मेवार अधिकारीबाट पत्रकारलाई स्पष्टीकरणको मौकासमेत नदिई धम्क्याउने कार्य गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासचिव रोशन पुरीले विज्ञप्ति मार्फत जानकारी दिएका हुन् । (महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता विषयमा गम्भीर भई यस किसिमका घटना नदोहोर्याउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदछ,) विज्ञप्तिमा भनिएको छ ।
उक्त ब्लगमा एमसीसीको बारेमा (फेक न्युज) बनाएर पत्रकारिताको बदनाम गर्नेहरू शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्र*हरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्रा*इमको मु*द्दा लगाउने ध*म्की दिएका थिए ।





प्रतिक्रिया दिनुहोस