महोत्तरीमा शंकास्पद वस्तु सेनाले डिस्पोज गर्दै
389 Views
महोत्तरी, १४ फागुन खोज मिडिया । महोत्तरीको मटिहानी नगरपालिकास्थित स्वास्थ्य चौकीनजिकै शंकास्पद वस्तु फेला परेको छ।
शनिबार बिहान १० बजेतिर झोलाभित्र कुकर र तारहरू राखिएको शं*कास्पद वस्तु फेला परेको प्र*हरीले जनाएको छ। स्थानीयले शं*कास्पद वस्तु देखेपछि प्र*हरीलाई खबर गरेका थिए।
शं*कास्पद वस्तु बम भएको हुनसक्ने आशंकामा डिस्पोजको लागि परकौली ब्यारेकबाट सेनाको टोली बोलाइएको महोत्तरीका प्र*हरी उपरपीक्षक कृष्ण पंगेनीले बताए। शं*कास्पद वस्तु ब*म हो-होइन यकिन भइसकेको छैन।





प्रतिक्रिया दिनुहोस