क्रिकेट र बालविवाह विरूद्धको छक्का
838 Views
कंचनपुर, १४ फागुन खोज मिडिया । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ विचुवाकी अन्जु विष्ट आफ्नो स्कुलले भाग लिएको क्रिकेट प्रतियोगिता हेर्न धनगढी पुगिन् ।
धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग–६ को फाइनलमा आफ्नो स्कुल पुगेपछि कक्षा ९ मा पढ्दै गरेकी उनी आफ्नो टिमको समर्थन गर्न मैदानमै पुगेकी हुन्।
“यसअघिका खेलमा पनि उनी स्कुलका साथीसँगै मैदानमा जाने गरेकी थिइन्। साथीसँग आएकी उनलाई यस्ता खेलले खेलाडी र स्कुलहरूबीचको आपसी सम्बन्ध बलियो हुने विश्वास छ। (क्रिकेटमा विशेष गरी चौका र छक्का हानेको मनपर्छ)उनले भनिन्।”
उनको विद्यालयका खेलाडीले विपक्षी विरूद्ध चौका र छक्का (बाउन्ड्री) प्रहार गर्दा उनी हौसिएर उफ्रन्थिन् उनी सँगै अरू साथीहरू पनि रमाउँथे। ब्याटरले छक्का प्रहार गर्दा कमेन्टेटरले बेलाबेला (बालविवाह विरूद्धको छक्का फलानोले हिर्काए)भनेको सुनेर उनलाई नौलो लाग्यो। “हरेक पटक प्लेयरले छक्का प्रहार गरेलगत्तै बालविवाह विरूद्धको छक्का भनेको सुन्दा मलाई नयाँ लाग्यो”। उनले भनिन्।
टेलिभिजनलेसमेत प्रत्यक्ष प्रसारण गरेको प्रतियोगितामा बोल्ने र मैदानमा ठूला स्पीकरमा सबैले सुन्ने गरी (बाल बिवाह विरूद्धको छक्का)भनेको सुन्दा उनले स्कुल पढ्दै गरेका कलिला उमेरका केटाकेटीले विहे गर्ने गरेको कुरा दिमागमा आएको बताइन् ।”मेरै छिमेकी १७ वर्षीया दिदीले बालविवाह गरेर जानुभयो” पछि उहाँलाई निकै समस्या परिरहेको छ। उनले भनिन् !
१२ पढेपछि उमेरै नपुगी विहे गरेकी ती दिदी एक वर्षमै आमा बनेकी उनले बताइन्। केही महिनामै परिवारमा आपसी वि*वाद हुन थालेपछि ती दिदीका श्रीमानले आत्महत्या गरे। श्रीमानको मृत्युको पीडा, परिवारको दवावले सन्तानको राम्रो हेरचाह गर्न नसकेपछि ती किशोरीको १२ दिने छोराको पनि मृ*त्यु भएको उनले सुनाइन्।





प्रतिक्रिया दिनुहोस