सुन त*स्क*रलाई सघाएकोआरोपमा विमानस्थल अध्यागमनका नायव सुब्बा प*क्रा*उ
459 Views
काठमाडौँ, १३ फागुन खोज मिडिया । सुन तस्करलाई सघाएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बालाई प्र*हरीले निय*न्त्रणमा लिएको जनाएको छ ।
नायब सुब्बा लक्ष्मण गुरागाईंलाई सोधपुछका लागि प्र*हरीले प*क्राउ गरेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले बताएका छन।
शुक्रबार दुबईबाट आएका कमल घिमिरेले ल्याएको १० वटा सुनको सिक्री गुरागाईंले रिसिभ गरेर भन्सार चेकजाँच पार गराएका थिए ।
फ्लाई दुबईको विमानबाट काठमाडौं ओर्लिएका घिमिरेलाई प्रहरीले पक्रेर सोधपुछ गर्दा गुरागाईंको सहयोगमा सो सिक्री भन्सार पार गराएर बाहिर ल्याएको खुलेको थियो भने अध्यागमन कार्यालय प्रमुख शाहीका अनुसार गुरागाईं स्टोर किपर पनि रहेको उनले बताएका छन।
“उनले विमानस्थल भन्सारबाट पास गराएको १ किलो बराबरको १० जना सुनको सिक्री प्र*ह*रीले बरामद गरेको छ” । उनीहरु दुवैलाई महानगरीय प्र*हरी वृत्त गौशालामा राखिएको छ ।





प्रतिक्रिया दिनुहोस