भन्सार छलेर ल्याइएको करिब डेढ करोड मूल्यका कपडा बरामद
785 Views
चितवन, १३ फागुन खोज मिडिया । चितवन प्र*हरीले भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणमा कपडा नियन्त्रणमा लिएको छ। वीरगञ्जस्थित भन्सारबाट छुटेका चार वटा ट्रकहरूमा खानतलासी गर्दा १ करोड ४५ लाख ६७ हजार २ सय रुपैयाँ मूल्यका कपडा अबैध रूपमा भित्र्याइएको पाइएको चितवन प्रहरीले जनायो।
बुधबार साँझपख भन्सारबाट छुटेका ट्रकहरूलाई बिहीबार बिहान चितवनको खैरहनी-८ पर्सा बजारमा रोकेर चेकजाँच गरिएको थियो। ना ६ ख ११३, ना ६ ख ११६६, ना ६ ख ५०६१ र ना ७ ख ९२३४ नम्बरको ट्रकहरुमा भन्सार छली चोरी पैठारीगरी ल्याएको कपडाहको पोकाहरु फेला परेको जिल्ला प्र*हरी प्रमुख एसपी नवराज अधिकारीले बताए।
चारवटा ट्रकमा ८७ पोकामा लत्ताकपडाहरू भेटिएको उनले बताए। एसपी अधिकारीका अनुसार ती ट्रकमा २१ टनका दरले ८४ टन फलामका छडहरु थिए।
“छड बोकेको भनेर कपडा लुकाएर भित्र्याएको देखियो, उनले भने !ट्रक, छड र कपडाहरु कानुन बमोजिम बरामद गरी ट्रक चालकहरूसमेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।”
प्र*हरीले ट्रक चालकहरु चितवनको राप्ती-४ बस्ने २७ वर्षीय सुकमान गोले, ३९ वर्षीय वीरबहादुर खुलाल तामाङ, ३३ वर्षीय निरबहादुर लामा र राप्ती-५ का २६ वर्षीय दीपक चौलागाईलाई नि*यन्त्र*णमा लिएको छ।
फलामे छडको अन्दाजी मूल्य अठासी लाख सैंतीस हजार तीन सय बाह्र रुपैयाँ, ४ बटा ट्रकको अन्दाजी मूल्य एक करोड पन्ध्र लाख रुपैयाँसमेत गरी तीन करोड उनान्पचास लाख बयासी हजार पाँचसय बाह्र रुपैयाँ मूल्यका सामानहरू थप अनुसन्धान तथा का*रबा*हीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाउने तयारी भइरहेको एसपी अधिकारीले बताए।





प्रतिक्रिया दिनुहोस