मालपाेतका कर्मचारीलाई एक लाख ३५ हजार घुस सहित रङ्गे हात प*क्रा*उ
513 Views
काठमाडौँ, १३ फागुन खोज मिडिया । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले चाबाहिल मालपाेतका कर्मचारीलाई एक लाख ३५ हजार घुस सहित रङ्गे हात प*क्रा*उ गरेकाेछ ।
सेवाग्राहीलाई लालपुर्जा दिन चाबहिल मालपाेतका खरिदार लक्ष्मण बस्नेतले लेखापढि गर्ने बिनाेद श्रेष्ठ र रेस्टुरेन्ट सञ्चालक मिना मगरसगँ मिलि पैसा मागेकाे कुरा खुल्न आएकाेछ ।
‘सेवाग्राहीले सजिलै गर्नुपर्ने कामका लागि पैसा मागेकाे भनी अख्तियारमा उ*जुरी परेकाे थियाे र अख्तियारकाे टेलीले “स्ट्रिम अप्रेसन” गरेकाे थियाे ।’
खरिदार बस्नेतले घुसकाे एक लाख ३५हजार रकम लिएर बिहिवार साँझ नजिकैको रेस्टुरेन्टमा बाेलाएका थिए । चाबहिल मालपोत बिचाैलियाहरुकाे बिघबिघि भएकाे ठाउँ भनेर बारम्बार प्रसाण पनि भईरहेका छन् ।





प्रतिक्रिया दिनुहोस