रामेछापको सुनापति-५ , रूपाकोट, टुनीडाँडामा ल्होछार विशेष कार्यक्रम हुँदै
793 Views
रोमन लामा (क्षितिज)
रामेछाप ११ फाल्गुण खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा तामाङ जातिको बाक्लो बस्ति रहेको गाउँपालिका हो। सुनापति गाउँपालिकामा तामाङ जातिको बाहुल्यता रहेकै कारण ल्होछारलाई भव्यताका साथ मनाउने गरेको छ।
गाउँपालिकाको वडा नं- २ मा गत वर्ष सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भएको थियो। नेपाल तामाङ घेदुङ्ग सुनापतिले पालैपालो प्रत्येक वडामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गर्ने योजना अनुरुप यो वर्ष वडा नं- ५ मा २८५८ औं च्यान/ताक ल्हो (बाघ वर्ष) को शुभ अवसरमा ल्होछार शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम यहि फाल्गुण १४ गते शनिवारको दिन सुनापति-५ , रूपाकोट, टुनीडाँडामा हुने भएको छ। १४ गते हुदैँ गरेको ल्होछार विशेष शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको लागि सुनापति-५ वडा कार्यालयले केहि रकम बिनियोजन गरेको छ। त्यसको अलावा सो कार्यक्रमलाई आर्थिक सहयोग गर्न चाहने सहयोगी मनहरू भए सहयोग गर्न सकिने सहयोगी मनहरूलाई कदर पत्रद्दारा सम्मान गरिने जानकारी नेपाल तामाङ घेदुङ, सुनापति-५ का अध्यक्ष सुर्य बहादुर लामाले खोज मिडियासँग बताउनु भएको छ।
रामेछापको सुनापति-५ , रूपाकोट, टुनीडाँडामा हुने ल्होछार विशेष कार्यक्रममा चर्चित गायक रोज मोक्तान, गायक तथा संगीतकार प्रकाश तामाङ, गायक तथा संगीतकार राजकुमार दोङ, गायिका सुजिता योञ्जन, गायिका आग्निसा थिङ, मोडल सुमिता दोङ, गायिका सावित्रा श्रेष्ठ, ड्रागन डान्स स्टुडियोको नृत्य रहने छ।
सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम उक्त कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका प्रमुख धावा लामा रहनुहुने भएको छ।नेपाल तामाङ घेदुङ्ग सुनापति-५ वडा समितिले सुनापति गाउँपालिका र छिमेकी गाउँपालिका भित्रका सम्पूर्णलाई ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा उपस्थिति जनाई दिनु अनुरोध गर्नु भएको छ ।





प्रतिक्रिया दिनुहोस