बर्दियामा बाघले लियो महिलाको ज्यान
892 Views
बर्दिया, ११ माघ खोज मिडिया । बर्दियामा बाघको आ*क्रम*णबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आ*क्रम*ण बाट मृ*त्यु भएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर ग*म्भी*र घा*इते तुल्याएको थियो।
घा*इते चौधरीको उपचारका क्रममा भुरीगाउँमा लैजाँदै गर्दा बाटोमै मृ*त्यु भएको श्रेष्ठले बताए। निकुञ्ज र गाउँको सीमा क्षेत्रको वनमा प्रवेश गरेको समयमा उहाँलाई बाघले झम्टिएछ । श्रेष्ठले भने! हामीले उहाँलाई उद्धार गरी उपचारका लागि लैजाने क्रममा मृ*त्यु भएको हो। उनले भने ।
श*व पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ। स्थानीयका अनुसार उनी शौच गर्न जंगलतर्फ गएको समयमा बाघले झ*म्टिएको थियो। झम्टिएको देखेपछि स्थानीयले होहल्ला गरेपछि बाघ छोडेर भागेको थियो।
केही समय यता बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा बाघले लगालग मानिसमाथि आ*क्रम*ण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्। बाँके र बर्दियामा पछिल्लो समय बाघको आ*क्रमण बढेको देखिन्छ।





प्रतिक्रिया दिनुहोस