चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको नि*धन
486 Views
काठमाडौँ, ११ माघ खोज मिडिया ।सम्पूर्ण नेपालीहरुको मनमुटुमा बस्न सफल चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको अचानक मृत्यु भएको छ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं – २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारको आफ्नै निवासको प्रांगणमा मृ*त्यु भएको जनाएको छ ।
हिजो कार्यक्रमको लागि बाहिर गएका उनी आज विहान घरको प्रांगणमा लडिरहेको अवस्थामा परिवारले भेटेपछि उनको मृ*त्युु भएको पुष्टि भएको बताए । सवार गाडी बाहिर र उ गेटभित्र लडिरहेको अवस्थामा भेटिएका छन ।
घट्नको प्रकृति हेर्दा राति घरको गेट नखुलेपछि उनले गेट नागेर भित्र पस्न खोज्दा वालबाट लडेर मृ*त्युु भएको अनुमान गर्नसकिने बताए । उनको टाउकोमा ग*म्भीर चोट लागेको देखिन्छ । अहिले उनको मृ*त शरिर पोस्टमार्टम गर्नको लागि हस्पिटल लैजाने तयारी गरिएका छन् ।
पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको मृ*त्युु भएको तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी गराएका छन ।
लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।





प्रतिक्रिया दिनुहोस