सुनचादिको आजको बजार मुल्य
357 Views
कास्की, १० माघ खोज मिडिया । मंगलबार सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा एकै दिन ८०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९७ हजार रुपैयाँ पुगेको हो ।
यता चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ८०० रुपैयाँले बढ्दै ९६ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस