मान्छेको अस्थिपन्जरसँगै टाउको का*टिएको घोडा फेलापरेपछि पुरातत्वविद् चकित
573 Views
वर्लिन, २० माघ खोज मिडिया । उत्खनन्बाट शताब्दीऔं पुराना अनाैठा घ*ट*ना र इतिहासबारे थाहा पाउन सकिन्छ । यस्तै अनौठो घ*ट*ना जर्मनीका अनुसन्धानकर्ताहरुले फेला पारेका छन् ।
अनुसन्धानकर्ताहरुले टाउको नभएको घोडा पुरिएको स्थानबाट एउटा मानिसको अस्थिपन्जर भेटेका छन् । दक्षिणी जर्मनीमा फेला परेको यस्तो अस्थिपन्जर १४ सय वर्षअघिको हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् ।
तर, टाउकोबि*हीन घोडाको अवस्थालाई लिएर अझै पनि रहस्य बढेको छ । ती व्यक्ति कुलीन वर्गको सदस्य भएको अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।
“उनी मेरोभिंगियन राजाहरुसँग (चेन अफ कमान्ड) मा रहेको र उनी राजाको अभियानमा सहभागी हुन बाध्य भएको देखिन्छ। पुरात्वविद फल्के डामिंगरले लाईभ साइन्सलाई भने । घोडाको शिरच्छेदन अन्तिम संस्कारको एउटा पाटो भएको हुन सक्ने दामिंगरले बताए ।
दामिंगरका अनुसार उनका परिवारले ती व्यक्तिलाई अरुका अगाडि धनी देखिऊन भनेर उनलाई घोडासँगै पुरिएको हुन सक्छ ।
मृ*त्युपछि उनलाई चढेर हिड्न पाउने विश्वासमा शवसँगै घोडा राखिएको अनुमान गरिएको छ । घोडाको टाउको अहिलेसम्म फेला परेको छैन् ।





प्रतिक्रिया दिनुहोस