डम्फुसँगै टुङ्गना पनि बन्यो सुनापतिको डम्फुपार्कमा
893 Views
रोमन लामा (क्षितिज)
रामेछाप २० माघ खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको वडा नं-३ स्थित साबिकको सेल्फी डाँडा नामले परिचत डाँडामा गत आ.व. मा वडाको बजेटबाट डम्फु पार्क बनेको थियो त्यसपछि त्यहाँ आन्तरिक पर्यटकहरूको सेल्फी खिच्नेहरूको राम्रै घुइचो लाग्ने गरेको छ। अहिले जिल्लाभित्र र छिमेकी जिल्लाहरूबाट पनि त्यहाँ घुम्न आउने गरेको पाइन्छ। डम्फुपार्क बनेपछि गाउँपालिका शोभा बढाएको छ।

डम्फुपार्क बनेपछि डम्फुसँगै टुंगना पनि साथमा हुनु पर्ने सुझावसँगै स्थानीय सरकारले डम्फुपार्कमा डम्फु संगै टुंगना निर्माण गरेको छ जसले गर्दा सुनापति गाउँपालिका पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने पक्कापक्की छ। 





प्रतिक्रिया दिनुहोस