“सोनाम ल्होछार” र “न्वागी” पर्वमा दियो सार्वजनिक विदा
809 Views
काठमाडौँ, १८ माघ खोज मिडिया । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले “सोनाम ल्होछार” र “न्वागी” पर्वको उपलक्ष्यमा सा*र्वज*निक बिदा दिने निर्णय गरेको छ।
तामाङ समुदायले मनाउने विशेष पर्व “सोनाम ल्होछार” र चेपाङ समुदायले मनाउने मुख्य पर्व “न्वागी”को उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताएका छन । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।
उनकाअनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र “न्वागी”मा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो। त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जानाकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस