चुनावको मिति घोषणा गर्न सरकारलाई एक हप्ताको(अल्टिमेटम)
451 Views
काठमाडौँ, १८ माघ खोज मिडिया । स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले “आ*लटा*ल” गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले (जनदबाब र संघर्ष) को रणनीति अघि सार्ने भएको छ ।
माघ १९ गते बुधबार बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकमा छलफल गरेर सं*घर्षका कार्यक्रम सार्वजनिक गर्ने एमालेले तयारी गरिएको छ ।
उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठकमा हुने छलफलका आधारमा पार्टीले भावी कार्यक्रम र एजेण्डा तय गर्ने बताएका छन ।
सरकारले बहानाबाजी गर्न खोज्यो भने पार्टी आफै पनि संघर्षमा उत्रिन्छ । अहिले हामीले जनसंगठनहरूलाई उतारेका छौँ, त्यसपछि आवश्यकता अनुसार अघि बढ्छौँ । ज्ञवालीले भने! “यो हप्ताभित्र पनि मिति घो*ष*णा भएन भने आ*न्दोल*नको वि*कल्प छैन ।”
“नेकपा एमाले संविधानअनुसार स्थानीय तहको नि*र्वाचन तत्काल घो*षणा होस् भन्ने चाहन्छ । यो कुरा पार्टीले प*टक-प*टक भन्दै आएको पनि छ तर सरकारले आ*लटा*ल गरिरहेको अवस्था छ।” ज्ञवालीले भने! कुनै पनि बहानामा निर्वाचन टार्ने विषय एमालेलाई स्वीकार्य छैन ।
अहिले को*रो*नाका कारण सचिवालय बैठकमार्फत निर्णयमा पुग्ने तयारी भएको उनले बताएका छन । एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था रहेको छ । एमालेमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६,उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय रहेको बताएका छन ।
सचिवालय बैठकअघि सोमबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको उक्त बैठकले सरकार अझैपनि समयावधिभित्र स्थानीय निर्वाचन गर्न तयार नभएको निष्कर्ष निकालेको थियो ।
सोही बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा समेत तय गरेको छ । जसमा राष्ट्रिय सभा निर्वाचन र जिल्ला अधिवेशनहरूको समीक्षा, स्थानीय तहको निर्वाचनका लागि जनदबाब र संघर्ष, प्रदेश अधिवेशनको समीक्षा, पार्टीको नियमावली र जनसंगठन सञ्चालनसम्बन्धी निर्देशिका अ*नुमो*दन लगायत नि*र्धार*ण गरिएको छ ।





प्रतिक्रिया दिनुहोस