नागरीकले पाउने सुविधामा हेलचक्राई भएको भन्दै ईर्खुको वडा कार्यलयमा स्थानीय द्वारा तालाबन्दी
918 Views
सिन्दुपाल्चोक, १८ माघ खोज मिडिया । चौसा गढी नगरपालिका ८ अन्तर्गत, साविक ईर्खु गा बि स ९ ओटा नै वडाभित्रका तपशिलका जननागरिक तथा जनसमुदायहरूको उपस्थिति र रोवहारमा निम्न मागहरू राखी ताला बन्दी गरिएको छ ।
नागरीकले पाउने सुविधामा हेलचक्राई भएको भन्दै ५४ जना स्थानियको हस्ताक्षर भएको ध्यानाकर्षण पत्र टास्द वडा कार्यालयमा ताला लगाएका हुन् । स्थानिय बासिन्दा धन बहादुर तामाङका अनुसार चौतारा सांगाचोकगढी नगरपालिका ८ अन्तर्गत, साविक ईर्खु गा वि स का ९ ओटा नै वडाभित्रका जननागरिक तथा जनसमुदायहरूको उपस्थिति र रोवहारमा ३ बुदे माग सहित ताला बन्दी गरिएको छ ।
उनिहरुले प्रधानमन्त्री स्वरोजगारमा अनियमितता भएको , को*भि*ड– १९ लक्षित नगद हस्तान्तरणमा हेलचक्राई गरिएको र विभिन्न शिर्षकमा, बाख्रा वितरण र कृषि अनुदानमा अनियमिता र गरेका विभिन्नखाले गतिविधि सार्वजनिक गर्न माग गर्दै ताला लगाएका हुन् ।
उल्लेखित मागहरु :
१, प्रधानमन्त्री स्वरोजगार मा अनियमाता बारे ।
२, कोभिड- १९ लक्षित, नगद हस्तान्तरण मा हेलचक्राई बारे ।
३, विभिन्न शिर्षकमा, बाख्रा वितरण र कृषि अनुदानमा दुरब्यवहार, अनियमिता बारे साथै वडाले आज सम्माका मितिमा गरेका विविध खाले सम्पुर्ण गतिविधि
यता संवादबाट सहमति निस्कने विकल्प हुदा हुदै स्थानियले अराजक ढंगले वडा कार्यालमा पुगेर प्रस्तुत भएको भन्दै अध्यक्ष तिर्थ बहादुर श्रेष्ठले दुख व्यक्त गरेका छन् । स्थानियले राखेका माग बार्ता मार्फत समाधान निकाल्न आफु तयार रहेको अध्यक्ष श्रेष्ठले बताएका छन । आफ्ना माग र गुनासोलाई संवादबाट राख्नुपर्नेमा केहि स्थानियले वडा कार्यालभित्र गएर टेबुल ठट्याउने,अपशब्द प्रयोग गरेको उनले बताएका हुन् ।






प्रतिक्रिया दिनुहोस