ह्वात्तै घट्यो सुनको मुल्य
741 Views
कास्की खोज मिडिया, १५ माघ । यो साता भित्र सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । नेपाल सुन*चाँदी व्यवसायी महासंघले अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा १२ सयले मू*ल्य घटेको जानकारी दिएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ रहेको थियो भने यो साताको शुक्रबार १२ सयले घटेर ९२ हजार ६०० रुपैयाँमा आइपुगेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य घ*टेर कारोबार सुरु भएको थियो ।
येसैगरि, सोमबार स्थिर रहँदै मंगलबार उकालो लागेको सुनको मूल्य बुधबार पनि बढ्यो । फेरि विहीबार र शुक्रबार फेरी ओरालो लाग्दै अन्तिम कारोबार दिन शुक्रबारसम्ममा ९२ हजार ६०० रुपैयाँमा आइपुगेको थियो । गत साताको शुक्रबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९२ हजार १०० रुपैयाँमा पुगेको छ । तेजाबी सुनको मूल्य पनि यो साता प्रतितोला १२ सयले घटेको छ ।





प्रतिक्रिया दिनुहोस