हाम्रो देशको राजनीति र रोजगारी बारे के हो ? जानी राखौं !
584 Views
कास्की, खोज मिडिया २२ पुस । राजनीति भनेको के हो ? राजनीति एउटा नियम अनुसार गरिने शासन हो भने राजनीतिले आफ्ना जनताको लागि राम्रो स्वास्थ्य, स्वरोजगार, शिक्षा, सुरक्षा आदि दिनु नै राजनीति क्षेत्र हो । राजनीतिले गर्ने सबैभन्दा सामान्य काम भनेको नियम बनाउने, दुई देशबीच राम्रो सम्बन्ध बनाउने र नागरिकलाई राम्रो शिक्षा, रोजगारी दिने दायित्व मानिन्छ ।
राजनीति गर्ने व्यक्तिलाई के भनिन्छ ? नेता भनिन्छ किनकि दलीय राजनीतिमा सक्रिय व्यक्ति वा सरकारमा निर्वाचित पद धारण गर्ने व्यक्तिलाई राजनीतिका नेता भानिन्छ । “नेताहरुको कार्य”- नेताहरूले समर्थन गरि कानुनहरू सिर्जना गर्नु नेताहरुको मुख्य कार्य हो ।
देशको नेता राम्रो भएन भने देशको विकास हुन सक्दैन, त्यसकारण जनताले देशको लागि असल नेता छान्नुपर्दछ, तर नेपाल भित्र भने धेरै कुराहरु फरक छन । किनकि नेपालमा भ्रष्टचारीहरू धेरै छन् ।
भोट गर्ने समय आउँदा भोटमा जित्नको लागि गाउँ-गाउँका सिदा सोजा जनतालाई पैसा बाँड्छन तर गाउँका जनताहरु पनि शिक्षित नभएका कारण उनीहरूलाई भोट दिन तयार हुन्छन । जनताकै भोटले नेता बिजेता हुन्छन, तर देशको विकासमा भने परिवर्तन आउन सक्दैन । विशेष गरि यी भ्रस्टचारी नेताहरुसंग स्पस्ट योजना भने हुन्दैन ।
देशमा स्वोरोजगार ;-
“खासगरी स्वरोजगारीको अर्थ हो आफ्नै देश भित्र एउटा राम्रो तलबको काम गर्न पाउनु ।” कामले मानिसलाई गर्व र आ*त्मसन्तु*ष्टिको भावना प्राप्त गर्न मद्दत गर्छ । कि मानिस आफैलाई समर्थन गर्न सकिन्छ । कर्मचारी भन्नाले तलबको बदलामा कुनै व्यक्ति वा व्यवसायको लागि काम गर्ने व्यक्तिलाई कर्मचारी भनिन्छ । जनता हरेक कुराको बिल वा कर तिर्न सक्षम हुन सकिन्छ । रोजगारीको मद्दतले फुर्सदको समयमा मन पर्ने काम गर्न सहज हुन्छ । किनकि यसले मानिसलाई पैसा प्राप्त गराउछ ।
बेरोजगारी:-
“बेरोजगारी भन्नाले राम्रो तलबको काम नपाउनु अर्थात कुनै काम नहुनुलाई बेरोजगारी भनिन्छ!” खासगरी नेपालमा बेरोजगारी धेरै छन । त्यसकारण धेरै जनता गरिब छन् र नेपाल देश पनि त्यति धेरै विकसित हुन सकेको छैन। बेरोजगारी नेपालको मात्र समस्या देखिदैन यो त विश्वभरकै समस्या देखिन्छ । “हजारौको संख्यामा जनताहरु भौतारिएका छन जोसँग रोजगारी छैन।” अबको दिनमा नेपाली जनताले बेरोजगारी के हो थाहा त पाएका छन तर बेरोजगारी भनेको व्यक्तिसँग जागिर छैन भन्ने मात्र बुजिदैना । त्यसकारण जनताहरुको विशेषज्ञता बाहिरका क्षेत्रमा काम गर्ने व्यक्तिहरू पनि समावेश रहेका देखिन्छन ।





प्रतिक्रिया दिनुहोस