स्याङ्जाको फेदिखोला लाई पुलैपुल को गाउँ पालिका बनाउने योजनामा – क्षेत्री
668 Views
स्याङ्जा, पुस १६, खोज मिडिया । बृहत फेदीखोला पोखरा सम्पर्क समाज द्वारा खहरे आधारभुत बिधालयका विद्यार्थीलाई न्यानो कपडा तथा खेलकूद र शैक्षिक सामाग्री वितरण गरे को छ ।
बृहत फेदीखोला पोखरा सम्पर्क समाजको एउटा नियमित कार्यक्रम अन्तर्गत श्री खहरे आधारभूत विद्यालय, फेदीखोला-२, खहरे स्याङ्जामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक/ खेलकुद सामाग्री साथै न्यानो कपडा वितरण कार्यक्रम आज सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जस बहादुर जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बृहत फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष श्री कृष्ण क्षत्री को प्रमुख आतिथ्यता रहेको थियो भने, विशिष्ट अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी र फेदीखोला गाउँपालिका वडा नं २ का अध्यक्ष हिमालय जंग बानियाँ रहनुभएको थियो , अतिथिहरु नेपाली काग्रेस फेदीखोलाका सभापति महेन्द्र थापा, नेकपा समाजवादी फेदीखोलाका सचिव अर्जुन खत्री, राप्रपा नेपाल, फेदीखोलाका अध्यक्ष झपट बहादुर अधिकारी, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष सुवेदार रामबहादुर कार्की, सम्पर्क समाजका संस्थापक अध्यक्ष अविलास गुरुङ, प्रथम उपाध्यक्ष जगदीश लामिछाने, द्वितीय उपाध्यक्ष विजय पौडेल, संस्थाका अन्य पदाधिकारी र सदस्यहरु साथै वरिष्ठ समाजसेवी कमल बहादुर भुजेल, शंकर गिरी, अर्जुन भण्डारी लगायतको उपस्थिति थियो।
कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक शिव कुमार गौतम र संस्थाका सह-सचिव मीनप्रसाद सुवेदीले संयुक्त रुपमा गर्नुभएको थियो। कार्यक्रम मा प्रमुख अतिथि क्षेत्रीले समग्र फेदिखोलाको पर्यटन पर्बर्दन र दिगो बिकास कसरी गर्न सकिन्छ भन्ने बारेमा गाउँ पालिका अध्यक्ष लाई जानकारी गराउनु भएको थियो भने ,गाउँ पालिका अध्यक्ष ले बृहत् फेदिखोला सम्पर्क समाज फेदिखोलाको मार्ग निर्देशक र बिकास को सहयात्री हुन सक्ने बताउनु भएको थियो, त्यस्तै प्रमुख अतिथि क्षेत्री ले फेदिखोलाका ५ वटै वडा लाई जोड्ने झोलुङ्गेपुल निर्माण गरि फेदिखोलाको पर्यटनलाई देशकै नमुना र आर्थिक आय आर्जन मा आत्म निर्भर बनाउने कुरामा जोड दिनु भएको थियो भने , गाउँ पालिकाले त्यसबारेमा अध्यान र छलफल गर्ने कुरा गाउँ पालिका अध्यक्ष सुवेदी ले जानकारी गराउनु भयो।
प्रमुख अतिथि क्षेत्री ले पर्यटनको प्रचुर सम्भावना बोकेको फेदिखोलामा फेदिखोलाका ५ वटै वडा लाई जोड्ने झोलुङ्गेपुल निर्माण गरि फेदिखोलाको पर्यटनलाई देशकै नमुना र आर्थिक आय आर्जनमा आत्म निर्भर बनाउने कुरामा जोड दिनु भएको थियो।
साथै पर्यटन पर्बर्धन र पर्यटक को बसाई लम्बाउने छिटैनै अन्य पर्यटकिय गतिविधि फेदिखोलामा संचालन हुने कुरामा पनि जोड दिईएको थियो ।
विद्यालयकी शिक्षिका लेखमाया कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष जगदीश लामिछानेले कार्यक्रमबारे जानकारी दिनुभएको थियो।
समाज राजनीति को फोहरी खेल भन्दा धेरै माथी रहेको र बिकास का सम्बन्ध मा समाज लाई कुनै पनि राजनीति हिलो छ्यापिन न दिने मा समाज का सचिब एबम कार्यक्रम संयोजक लाल कार्की अन्जान ले जोड दिनु भयो।
प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत समाजसेवी जीतजंग कार्की, संस्थाका सदस्य हुमबहादुर खत्री ‘अर्जुन’, मनोज कार्कीले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सचिव तथा यस कार्यक्रमका संयोजक लाल कार्की अन्जानले कार्यक्रम सफल बनाउन साथ र सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिंदै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
विद्यालयमा कक्षा एकदेखि पाँचसम्म जम्मा सैंतीस जना विद्यार्थीहरु रहेका छन्।
कार्यक्रम भब्य र सभ्री रुपमा सम्पन्न भएको मा सबै लाई धन्यवाद ज्ञापन गरिएको थियो।





प्रतिक्रिया दिनुहोस