आज मतदान हुदै प्रदेश सदस्यमा देउवा समुहबाट अरुण साह र अन्जु झा को उम्मेदवारी
720 Views
चन्दन कुमार महतो
रौतहट ७ पौष खोज मिडिया । नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा कृष्ण यादव र रामसरोज यादव प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका छन् । कृष्णले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका छन् भने रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ छ ।
कृष्ण प्यानलबाट रौतहटको दुर्गा भगवति गाउपालिकाका प्रमुख तथा चर्चित युवा नेता अरुण साहले समेत प्रदेश नं.२ को सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । साहको पक्षमा मतदान गर्न युवा मतदाताहरुमा उत्साह देखिएको छ । त्यस्तै कृष्णा यादव कै प्यानल बाट प्रदेश सदस्यका लागी महिला कोटामा चर्चित नेत्री तथा युवाहरु बिच लोकप्रिय रहेकी अन्जु झा ले उम्मेदवारी दर्ता गराएकी हुन् ।
प्रदेश २ मा आफ्नो बलियो उपस्थिति रहेको भन्दै देउवा समूह निधि पक्षलाई नेतृत्व दिन तयार नभएपछि चुनाव हुन लागेको हो । कृष्णा यादवको प्यानल विजय गराउन देउवा पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाण दलबलसहित जनकपुरमा छन् । नवनिर्वाचित सहमहामन्त्रीद्वय महेन्द्र यादव, फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदय शमशेर राणा, आनन्द ढुंगाना रमेश रिजाल आफ्नो पक्षमा परिणाम निकाल्न कस्सिएर लागेका छन् ।
नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । बिहान ८ बजेदेखि निर्वाचन हुने यसअघि कार्यतालिका रहेपनि यो परिवर्तन हुन सक्ने निर्वाचन समितिले





प्रतिक्रिया दिनुहोस