असहाय परिवारलाई कम्बल वितरण
839 Views
रौतहट, ५ पुस खोज मिडिया ।
ललन कुमार चौरसिया । रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गत वडा नं ८ मा असहाय व्यक्तिहरुलाई कम्बल वितरण गरिएको हो। केही दिन देखि लगातार चिसो बढ्दै गएको मध्ये नजर गर्दै सर्वसाधारण परिवारमा न्यानो कपडाको अभाव रहेको करणले चिसोबाट बच्नको लागी सो वितरण गरिएको हाे । लकडाउनले गर्दा दैनिकी जीवन यापन काटन परिवारलाई कठिनाइ भइरहेकोले सो वितरण गरिए हो।
परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया टोल स्थित श्री झरिमाई नर्सिङ्ग युवा क्लबको आयोजना तथा अमेरिका मधेशी समाज आर्थिक सहयोगमा गरिब, विपन्न, असहाय वर्गका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको छ। सो कम्बल रू ४५००।- ले वितरण गरिएको हाे। स्थानीय सहकार्य संस्था झरिमाई नसिङ्ग युवा क्लबकी अध्यक्ष आर्य शशिकला राउत उर्फ प्रियाको पहलमा आज एक कार्यक्रमको बिच ४० थान कम्बल गरिब परिवारलाई वितरण गरिएको हो ।
सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा परोहा नपा वडा नं ८ का अध्यक्ष खेदु मुखिया, स्थानीय अगुवा बलिराम गिरी, रामसेवक प्र. जयसवाल, चन्द्रीका राउत पटेल, जोगिंन्द्र पटेल लगायत स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।
आउने दिनमा अझै गरिब, असहाय, मजदुर र विपन्न समुदायहरूमा अमेरिका मधेशी समाज सहयोग गर्न सधैं तयार रहेको अध्यक्ष राउतले बाताएँ।







प्रतिक्रिया दिनुहोस