नेपाली कांग्रेसको क्षेत्रीय पुर्व सभापतिलाई पटेल नै चयन
632 Views
ललन कुमार चौरसिया ।
रौतहट ०५ मंसिर खोज मिडिया ।
नेपाली काँग्रेस रौतहट अन्तर्गत क्षेत्र नं २ (ख) को प्रदेश क्षेत्रीय सभापतिमा पुनः रामबाबु पटेल चयन हुनुभएको हो। आइतबार एक कार्यक्रममा बिच वहाँलाई निर्विरोध निर्वाचित भएको छ।
यस्तै, उपसभापतिमा शिव गोविन्द प्रसाद कुशवाहा, महमद ईमरान सचिवमा जयमंगल कुशवाहा, हेमचन्द्र यादव, सहसचिव, दिपेन्द्र प्रसाद पटेल निर्विरोध निर्वाचित भएकाे छ।
नेपाली काँग्रेसको विधानको स्वरूप अनुसार एक जना सभापति, दुई जना उपसभापति, दुई जना सचिव, एक जना सहसचिव रहने गरि प्रदेश क्षेत्रीय समिति चयन गरिएको हो।
सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा रौतहट क्षेत्र नं ४ (क) को विधायक मो. लालबाबु, रौतहट क्षेत्र नं २ (ख) विधायक प्रत्यासी श्री रामचन्द्र गीरी, विष्टिअथितिको रूपमा परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल, बौधिमाई नगरपालिकाको मेयर प्रत्यासी राजनबाबु जयसवाल, बौधिमाई नगरपालिकाको सभापति सुनिल प्रसाद जैयसवाल, युवा नेता नवलकिशोर साह, नेपाल तरूण दलका अध्यक्ष मो. नैसाद लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।







प्रतिक्रिया दिनुहोस