बैतडीमा जन्ती बोकेको जीप दू*र्घ*टना ५ जनाको मृ*त्यु/ दुई जना घाइते
646 Views
बैतडी, ६ मङ्सिर खोज मिडिया ।
बैतडीमा जन्ती बोकेको जीप दु*र्घ*टना हुँदा ५ जनाको मृ*त्यु भएको छ । दु*र्घट*नामा दुई जना ग*म्भीर घा*इते भएका छन् ।
दशरथचन्द नगरपालिका– २ देहिमाडौँबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको कलुवाड मोडमा गएराति साढे ८ बजे दु*र्घ*टना भएको हो ।
जीपमा सवार ५ जनाको घ*ट*नास्थलमै मृ*त्यु भएको बैतडीका प्रह*रीले जनाएको छ । मृ*त्यु हुनेमा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षका खेमसिंह कार्की रहेका छन् ।
दु*र्घट*नामा ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली ग*म्भीर घा*इते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीप सडकबाट सात सय मिटर तल ख*सेको छ । दु*र्घट*नाको कारण भने खुल्न सकेको छैन ।





प्रतिक्रिया दिनुहोस