खेलाडीमात्रै होइन अभियान्ता बनाउनुपर्छ “केपी ओली”
694 Views
काठमाडौँ, ५ मङ्सिर खोज मिडिया ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक रुपमा जतासुकै लागेको भएपनि खेलकुद महासंघले खेलाडीहरुलाई संगठित र बनाउनुपर्ने बताएका छन् ।
आइतबार राजधानीमा खेलकुद महासंघद्वारा आयोजित खेल नीति सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेलाडीहरु खेलाडीमात्र नभएर अभियान्ता हुन सक्नुपर्ने बताए ।
“जो जतासुकै लागेका हुन् । राजनीतिक रुपमा जुनसुकै अर्गनाइजेसनमा लागेका हुन् खेलकुद महासंघले युवाहरुलाई संगठित परिचालित गर्नुपर्छ।
तिनलाई दक्ष बनाउनुपर्दछ र तिनलाई खेल अभियन्ताका रुपमा पर्सनल एम्बेस्डरका रुपमा अघि बढाउन ध्यान दिनुपर्छ। पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस