देउवाले रामदेवको टिभी उद्घाटन गरेकोमा एमालेको विरोध
854 Views
काठमाडौँ, ५ मंसिर खोज मिडिया ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवाले बाबा रामदेवको टिभी उद्घाटन गरेकोमा वि*रोध जनाएको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल “आस्था नेपाल” र “पतञ्जली नेपाल” उद्घाटन गरेर कानुन वि*परित काम गरेको टिप्पणी गरे ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरू उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे ।
आईतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पारे ।
गत मंसीर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको (आस्था नेपाल) र (पतञ्जली नेपाल) नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए ।
ज्ञवालीले सो च्यानल नेपालको कानुन विपरित राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रतिक्रिया समेत दिए ।
अर्को प्रसंगमा प्रवक्ता ज्ञवालीले पार्टीको दशौं महाधिवेशनमा नेताहरुको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताए । विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरुलाई नेतृत्वमा चयन गर्ने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस