प्रहरीको वान टन दु*र्घ*टनामा २४ प्रहरी घाइते
447 Views
उदयपुर, ४ मंसिर खोज मिडिया ।
जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका- ७ अँधेरी जोगीटोलमा दु*र्घ*टना हुँदा २४ जना प्र*ह*री घा*इते भएका छन् ।
कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट-नेपालटार खण्डमा साँझ ८ः१५ बजे दु*र्घट*ना भएको जिल्ला प्रह*री कार्यालय उदयपुरले जनाएको छ ।
ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाइएको छ । दु*र्घट*नामा तीन जना गम्भीर घा*इते भएका छन् भने २१ जना सामान्य घा*इते भएको स्थानीयबासीले जानकारी दिएका छन् । बस्ती अगाडि दु*र्घट*ना भएकाले स्थानीयबासीले उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएको स्थानीय होमबहादुर बस्नेतले बताए ।





प्रतिक्रिया दिनुहोस