सगरमाथाको आरोहर्ण गरि विश्वकै होचो व्यक्तिको किर्तिमान राख्दै “सागर सुनार “
1051 Views
काठमाडौँ, ३ मङ्सिर खोज मिडिया ।
“विश्वको सर्वोच्च शिखर “सगरमाथा” चढेर हिमाल आरोहर्ण गर्ने विश्वकै होचो व्यक्तिको किर्तिमान राख्ने तयारी गरेका सागर सुनारले राम्दुङ्ग हिमालको सफल आरोहर्ण गर्नुभएको छ ।”
“कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ११ ताशे निवासी सागर सुनार(विश्वकर्म) र उर्मिला सुनार(विश्वकर्म)ले ३० अक्टोबर २०२१ को नेपाली समय अनुसार बिहान ८ बजे रोल्वालिङ्ग भ्याली स्थित ५९२५ मिटर उचाई भएको राम्दुङ्ग हिमालको सफलता पुर्वक आरोहर्ण सम्पन्न गर्नुभएको हो ।”
“सागर सुनार ३ फिट ७ इन्चको उचाई भएका व्यक्ति हुन् ।” सागर सुनारले आउँदो बसन्त ऋतुमा विस्वको सर्वोच्च शिखर सगरमाथा आरोहर्ण गरि पहिलो होचो व्यक्तिको किर्तिमान कायम गर्ने योजना बनाउनुभएको छ । उहाँ, हिमाल आरोहर्णमा विश्व किर्तिमान राखिसक्नुभएका चर्चित आरोही “पेम्बा दोर्जे शेर्पा”संगै आरोहर्ण गर्ने बताउनुभएको छ ।
‘पेम्बा शेर्पाले २१ पटक सगरमाथाको सफल आरोहर्ण गर्नु भएको हो’! भने हिमाल आरोहर्णका ९ वटा विश्व किर्तिमान राख्नुभएका व्यक्ति पनि शेर्पा हुन् । “कडा परिश्रमका साथ आफ्नो सपना साकार पार्न लागिपर्नु भएका सागर सुनारले फरक क्षमता हुनेहरुले पनि साहसिक काम गर्न सक्छन् भन्ने पुस्टी गर्न आफुले सगरमाथा आरोहर्णको योजना बनाउनु भएका हुन् ।”
सन् २०२२ भित्र सगरमाथा आरोहर्ण गरिसक्ने योजना बनाउनु भएका सागर सुनारले सगरमाथा आरोहर्ण आफ्नो जीवनको सबै भन्दा महत्वपूर्ण लक्ष्य रहेको र यसका लागि व्यक्तिगत एवम संस्थागत साथ र सहयोग गरि आफुलाई हौसला प्रदान गर्न आग्रह समेत गर्नुभएको छ ।
साहसिक एवम हिमाल आरोहर्ण माध्यमबाट देशलाई विश्वसामु चिनाउने लक्ष्य लिनुभएका “सागर सुनार”ले आफु जस्तै होचो,पुट्के एवम शारीरिक रुपमा फरक क्षमता भएकाहरुलाई नेतृत्व गर्दै “सगरमाथा’ आरोहर्ण गर्न लाग्नुभएका हुन् । त्यसैगरी सुनारले भविष्यमा सगरमाथा आरोहर्ण पश्चात आफु जस्तै होचो पुट्केहरुका लागि हौसाला प्रदान गर्न एवम साथ सहयोग गर्न एउटा संस्था स्थापना गर्ने योजना समेत बनाउनुभएका छन ।
जलवायु परिवर्तनका कारण विश्वमा आएका विपत्ती रोकथामका लागि विश्वसामु वातावरण संरक्षणको लागि सन्देश दिने जानाएका छन ।






प्रतिक्रिया दिनुहोस