सर्लाहीमा निर्वाचन अधिकृत कांग्रेसका पाण्डेलाई गरे कुटपिट
396 Views
ललन कुमार चौरसिया।
मंसिर ०२ रौतहट खोज मिडिया ।
सर्लाही जिल्लामा नेपाली कांग्रेस पार्टिका १४ औं अधिवेशनका लागि खटिएको निर्वाचन अधिकृतमाथि कांग्रेसकै एक समूहले कुटपिट गरेका छन् ।
जिल्लामा अधिवेशनका लागि मतदान अधिकृतलाई खटाउने विषयमा कुराकानी गरिरहेको समय निर्वाचन अधिकृतलाई कुटपिट भएको हो ।
निर्वाचन अधिकृतलाई कुटपिट भएको सर्लाही कांग्रेस सभापति नागेन्द्रकुमार रायले बताइएको छ ।बिहिबार निर्वाचन अधिकृत दिवाकर राज पाण्डेलाई पार्टी कार्यालयमा रहेकै बेला एक समुहले घेरा हालेर हातपात गरेका हुन् ।
निर्वाचन अधिकृतलाई चप्पल लगायतले कुटपिट गरेका छन् ।कांग्रेस सांसद अमरेशकुमार सिंह समर्थन टोलीले निर्वाचन अधिकृतलाई कुटपिट गरेको आरोप छ ।
सर्लाहीमा पहिलेका निर्वाचन अधिकृत राजीनामा दिएपछि केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई नयाँ निर्वाचन अधिकृतका रूपमा खटाएको थियो ।

जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरणदेखिकै विवाद थियो ।





प्रतिक्रिया दिनुहोस