बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ (यातायात ठप्प)
424 Views
कास्कीम ३० कात्तिक खोज मिडिया ।
पे*ट्रोलियम पदार्थमा भएको मूल्यवृ*द्धिको वि*रोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर पोखरामा पनि परेको छ ।
प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । चोकचोकमा प्र*हरी परिचालन गरिएको छ । बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्र*हरीले निय*न्त्रणमा लिएको छ ।
कास्कीका डीएसपी सुन्दर तिवारीले प*क्राउ परेकासँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
पोखरामा बिहानैदेखि बन्दको प्रभाव छ । बजार बन्द छ। सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस