सिङ्गगापुरको भिसा छोडेर आफ्नै देशमा रमाई रहेको जम्दार तामाङ्ग
1512 Views
सिन्दुली, २८ कात्तिक खोज मिडिया ।
सिन्धुली जिल्ला को चैनपुर सिङपालमा जन्मिएको जम्दार तामाङ केही समय अघि अध्यन को लागि सिङगापुर पुगेको थियो ।
सिङगापुर को बसाईमा चार बर्ष को पढाइ सकिए पछि आफ्नो जन्म भुमि नेपालमा नै केहि गर्नुपर्छ भन्ने कुशल विचार लिएर अघि बढ्दै गरेका तामाङ्ग आफ्नै व्यवसायीमा व्यस्त छन ।
अहिलेका युवाहरु खाडी मुलुकमा मात्रै भर नपरी स्वदेशमा नै बसी कुनै व्यापार व्यवसाय गर्नुपर्छ भन्ने उनको भनाई छ । सानो होस् या ठुलो तर आफ्नै स्वदेशमा पसिना बगाएर जन्म भूमिमै दुख गरि जिबिका चलाउने र अन्य युवाहरुलाई पनि स्वदेशमै बसी केहि गर्नुपर्छ भन्ने सल्लाह सुझाब दिएका छन ।
आफैले संचालन गरेको व्यवसायमा बिदेशमा भन्दा नेपालमा नै मनगे आम्दानी भएको बताउछन । सिंगापुरको चार वर्षको बसाईमा पढाई संगै काम गर्दा महिनाको दुई लाख सत्तरी हजार कमाई हुन्थ्यो भने अहिले नेपालमा बसी आफ्नै व्यवसाय सुरुवात गरेपछि नेपालमा भने महिनाको ५/६ लाख सम्म आम्दानी हुने गरेको बताउछन ।
बिदेशमा भन्दा नेपालमै बसेर केहि गर्नुपर्छ भन्ने सोच लिएर हिम्मतका साथ् आफ्नै व्यवसायलाई आगाडी बढाएको बताउछन । उनले युवा हरुलाई पनि खांडी मुलुकमा पसिना बगाउनु भन्दा आफ्नै देशमा पसिना बगाएर आफ्नो व्यवसायलाई अगाडी बढाउन सकिएमा बिदेशमा भन्दा स्वदेशमा नै धेरै आम्दानी हुने बताउछन ।
अहिले सिंगापुर बाट नेपाल फर्किएर बि.जि.ग्रुपमा कार्यरत रहेर आफ्नो ब्यावसाय मा रमाई रहेको बताउछन जमदार तामाङ्ग । आफ्नै देशमा काम गरि भएको आम्दानीबाट आफु सन्तुस्टी र खुसिको अनुभूति व्यक्त गरेका छन ।





प्रतिक्रिया दिनुहोस