सिरहाबाट लागु औषधी सहित २ जना पक्राउ
387 Views
सिरहा / सिरहामा प्रहरीले गस्ती बढाएसंगै लागुऔधष तस्करहरु पक्राउ पर्न थालेका छन् ।
सिरहाको छुटाछुटै ठाउँबाट प्रहरीले नाईकट्रोभेट १५ पत्ता ( १ सय ७५ ट्यावलेट पिस ) र १ सय ग्राम गाजा लागुऔषध सहित सिरहा २ जना पक्राउ परेको छ ।
मिर्चैया नगरपालिका वडा नं. ४ स्थितमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आज विहीवार विहान ५ बजेको समयमा जिल्ला सिरहा सिरहा बस्ने अं.बर्ष २८ को अनिथा महरा आँपको बगैचामा घुमफिर गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागू औषध गाँजा .१०० ग्राम र नाईट्रोभेट १० लेखेको ट्यावलेट ५ पत्ता जम्मा १५० पिस सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान कार्य भईरहेको ।
त्यस्तै, हिजो बुधवार भगवानपुर गाउँपालिका वडा नंम्वर ४ स्थितमा प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला सिरहा लहान नगरपालिका वडा नम्वर १९ बस्ने अ.बर्ष २१ को प्रेम मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट अबैध लागू औषध नाईट्रोभेट ५ पत्ता (७५ ट्यावलेट पिस) पक्राउ परेको छ ।
मण्डललाई ईलाका प्रहरी कार्यालय लहान र महरालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी सिरहाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी जानकारी गराएको छ ।





प्रतिक्रिया दिनुहोस