रक्सीले मातेका सेनाका मेजरले मध्यरातमा गरे हं*गामा
590 Views
काठमाडौँ , २३ कात्तिक खोज मिडिया ।
कैलाली लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत सेनानी (मेजर) अशोकजंग शाही नजिकैको चिसापानी बजार पुगेका थिए।
उनी आफ्नो बागमती प्रदेश ०१-००२६च ३४६१ नम्बरको गाडी चलाएर राति चिसापानी चोक पुगेका थिए। प्रहरीका अनुसार शाही सुरूमा उनी चिसापानीको संगम होटलमा पुगे। होटलमा सञ्चालक हर्कबहादुर रावल बसिरहेका थिए। मा*दक प*दा*र्थ सेवन गरेका शाही होटलको पछाडिबाट छिरे।
रा*ति अबेर भइसकेकाले सञ्चालक रावलले शाहीलाई समयबारे अवगत गराए। तर, शाही मानेनन्। उनीहरूबीच विवाद सुरू भयो।
(मेजरसाब) जान खोजेको होटल अर्कै थियो, तर त्यहाँ पुग्नुभएछ,’ कैलाली प्र*ह*री स्रोतले भन्यो, (केहीबेर विवाद भएछ।)
हो-हल्ला बढ्दै गयो। हल्ला छिमेकसम्म पुगेपछि स्थानीय भेला भए। स्थानीयसमेत भेला भएपछि सेनानी शाही गाडी हाँकेर शिक्षालयतिर गए। शिक्षालयको गेटमा ड्युटी गरिरहेका हुद्दा तीर्थबहादुर बडुवाललाई गाडीमा बस्न अह्राए। सिनियर अफिसरले भनेपछि बडुवाल आफूले बोकेको एसएलआर राइफलसहित सेनानी शाहीको गाडीमा चढे।
प्र*ह*री स्रोतका अनुसार शिक्षालय र चिसापानी बजार एक किलोमिटर टाढा छ। शाही हुद्दालाई लिएर जब चिसापानी चोक पुगे, स्थानीय त्यहीँ थिए। शाहीको गाडी देख्नासाथ स्थानीयले तो*डफो*ड सुरू गरिहाले।
गाडी तो*डफो*ड हुन थालेपछि मेजर शाहीले हुद्दा रावलले बोकेको राइफल खोसेर स्थानीयलाई ताके। ‘ब*न्दुक देखाउँदा स्थानीय भाग्छन् र पुन: होटल छिर्न पाउँला भन्ने अभिप्राय देखिन्छ,’ एक प्रहरी अधिकृतले भने। म*दि*राले मातेका शाहीलाई स्थानीयले नि*यन्त्र*णमा लिएर कु*टपि*ट गर्न थाले।
‘चोकमा झगडा भइरहेको सूचना पाएपछि इलाका प्र*ह*री कार्यालय चिसापानीको टोली घ*ट*नास्थल पुग्यो,’ ती प्र*ह(री अधिकृतले भने, ‘त्यहाँ पुग्दा मेजरको टाउको फुटिसकेको थियो।’ प्र*ह*रीका अनुसार शाहीमाथि स्थानीयको आक्रोश थपिँदै थियो। त्यसकारण उनको जीवन रक्षा गर्न प्र*हरी लाग्यो।
स्थानीयको बीचबाट मेजर शाहीलाई खोसेर प्रहरीले इलाका प्रहरी प्र*हरी कार्यालय चिसापानी पुर्यायो। तर, आ*क्रो*शमा रहेका स्थानीय प्र*ह*री कार्यालयतिरै अघि बढे।
मेजर शाहीलाई बचाएको आरोप लगाउँदै स्थानीयले प्र*हरी कार्यालयभित्रै ढुंगामुढा गरे। ढुंगामुढाबाट प्र*हरी कार्यालयमा क्ष*ति पुगेको जिल्ला प्र*ह*री कार्यालय कैलालीले जनाएको छ।
प्र*ह*रीका अनुसार स्थानीय ३०-४० जना थिए। कार्यालयमा ढुंगामुढा हुन थालेपछि प्र*ह*रीले मेजर शाहीलाई त्यहाँ राख्दा झन् स्थानीयको आक्रोस बढ्ने ठान्यो। शाहीलाई राति नै इलाका प्र*ह*री कार्यालय लम्की लग्यो।
घा*इते मेजरलाई उपचारका लागि स्वास्थ्य चौकी लम्कीमा पुर्याइयो। उनको टाउकोमा लागेको चोटमा १६ वटा टाँका लगाउनु परेको छ। प्र*ह*रीले उनको स्वास्थ्य परीक्षण रिपोर्ट पनि संकलन गरिएको छ। प्र*ह*रीका अनुसार सोमबार स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय जनताबीच चिसापानी प्रहरी कार्यालयमा छलफल भएको थियो।
छलफल हुँदा मेजर शाहीले आफ्नो गल्तीलाई क्ष*मा दिन अनुरोध गरेका थिए। आफू अर्कै होटलमा जान खोजेको तर उक्त होटलमा पुग्दा वि*वाद भएपछि आवेशमा आफूले घ*ट*ना गराएको बताएका छन्। ‘मेजर शाहीलाई हामीले सोमबार नै आवश्यक का*रबा*हीका लागि शिक्षालयलाई जिम्मा लगाएका छौं,’ ती प्र*ह*री अधिकृतले भने।
मेजर शाहीले मच्चाएको हंगामाबारे सैनिक मुख्यालयलाई जानकारी भइसकेको छ। घ*ट*ना थाहा पाउनासाथ छानबिनका लागि कोर्ट अफ इन्क्वाइरी गठन गरेको सेनाले जनाएको छ।
‘घ*ट*नाबारे जानकारी भएपछि जंगी अड्डाले महासेनानीको अध्यक्षतामा कोर्ट अफ इन्क्वाइरी गठन गरिसकेको छ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले भने, ‘त्यसले भोलि (बुधबार)देखि काम सुरू गर्छ।’
पौडेलले इन्क्वाइरीले दिएको रिपोर्टका आधारमा मेजर शाहीमाथि कारबाही हुने बताए। (छानबिनबाट जे-जस्तो रिपोर्ट प्राप्त हुन्छ, त्यहीअनुसार कारबाही हुन्छ। सैनिक अनुशासन कायम राख्न कुनै पनि सम्झौता गरिन्न) पौडेलले भने।





प्रतिक्रिया दिनुहोस