भाइचारा स्थापित गर्न चित्रांश परिवारबीच क्रिकेट
653 Views
भैरहवा, १९ कात्तिक खोज मिडिया ।
चित्रांश युथ क्लबको आयोजना चित्रगुप्त युवा सेवा समिति भैरहवाको संयोजनमा आज शुक्रबार भैरहवामा दोस्रो संस्करणको चित्रांश कप-२०७८ हुने भएको छ ।
चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा चार टिमको सहभागिता रहने आयोजकले जानकारी गराएको हो ।
चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभका अनुसार नकआउट क्रिकेट टुर्नामेन्टमा तीन टा खेल हुने बताए । उनले प्रतियोगितामा रोयल नाइट्स, व्रेभ वारियर्स, चित्रांश सुपर किंग्स र कायस्थ नाइट राइडर्सको गरी चार वटा टिमबाट ५२ जना खेलाडीको सहभागिता रहने बताए । जसअन्तर्गत चित्रान्स परिवारबाट नै रोयल नाइट्सको कप्तानमा धिरज मल्लिक, वेभ वारियर्सको कप्तानमा अमित श्रीवास्तव, चित्रांश सुपर किंग्सको कप्तानमा दीपक मल्लिक र कायस्थ नाइट राइडर्सको कप्तानमा मनिष चौधरी रहेका छन् ।
गत वर्षदेखि आयोजना गर्न लागिएको क्रिकेट प्रतियोगिता यश वर्ष पनि निरन्तरता दिइएका छौ, रुपन्देही क्रिकेट संघको समन्वय, क्रिकेटको प्रावधान अनुसार कोभिड मापदण्ड पालन गरि प्रतियोगिता हुने चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए ।





प्रतिक्रिया दिनुहोस