बर्दिबासमा मोटरसाइकल र सुमो ठाेक्किँदा माेटरसाइकल चालकको मृ*त्यु
406 Views
कात्तिक, १९ महोत्तरी खोज मिडिया ।
महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठो*क्किँदा माेटरसाइकल चालकको मृ*त्यु भएको छ ।
बर्दिवास -३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दु*र्घट*ना हुँदा मोटरसाइकल चालकको मृ*त्यु भएको हो ।
मृ*त्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५ का सुन्धिर मिश्र रहेकाे प्रहरीले जनाएकाे छ । दु*र्घट*नामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो । थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस