सोकरातीलाला सोइनम सोइपा कार्यक्रम सम्पन्न
464 Views
कास्की, १८ कात्तिक, खोज मिडिया । तामाङ बौद्ध सेवा समिति बौद्ध कक्षा संचालन समुहको व्यवस्थापनमा समितिको गुम्बामा आज मिति २०७८ कार्तिक १८ गते तामाङ सोकरातीलाको “छेपादोपा”को सन्दर्भमा “सोकरातीलाला सोइनम सोइपा” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम विभिन्न पुजा सहित सम्पन्न भएको सो सोइनम सोइपा कार्यक्रमको सहजीकरण नेपाल तामाङ घेदुङ पोखरा महानगर पालिका अध्यक्ष टेकबहादुर तामाङ स्याङबोले गर्नुभएको थियो । सोइनमको बारेमा लोकोत्तर लोकवादअं विचार अभियान प्रवर्तक धनप्रसाद तामाङले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा नेपाल तामाङ घेदुङका केन्द्रीय नेता दिपक वाइबा, प्रदेश सचिव सुन्दर तामाङ थोकर, प्रदेश सदस्य कमला तामाङ जिल्ला अध्यक्ष मानबहादुर तामाङ स्याङतेन, पोखरा महानगर उपाध्यक्ष शिबु ब्लोन, खोज मिडिया प्रोपाइटर गणेश बज्र लामा योञ्जन र प्रस्तोता रजनी तामाङ उपस्थित रहनु भएको थियो ।
यसरी सम्पन्न कार्यक्रमको अन्तमा मुख्यरुपमा निशुल्क संबोटा लिपि अध्ययन गरिरहनु भएको विद्यार्थीहरुको तर्फबाट प्रशिक्षक लामा गुरु सम्तेन तामाङ र गुम्बाका लामालाई सोइनम स्वरुप आजको पुण्यतिथि पारेर सोइनम पुजाको चढाइएको थियो ।





प्रतिक्रिया दिनुहोस