ग्लोबल आईएमई बैंकको २८३औँ शाखा उदयपुरको कटारी बजारमा
411 Views
काठमाडौं, १० कात्तिक खोज मिडिया ।
ग्लोबल आईएमई बैंकले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले स्थानीयको आवश्यक्तालाई ध्यानमा राखेर सो शाखा सञ्चालनमा ल्याएको हो ।
उदयपुरको कटारी नगरपालिका-३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २८३ पुगेको छ ।
मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस