दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , २१ जना घाइते
566 Views
दाङ,खोज मिडिया ७ कार्तिक । दाङमा यात्रु बाहक बस दु*र्घट*ना हुँदा एक जनाको मृ*त्यु भएको छ भने २१ जना घा*इते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दु*र्घ*टनामा परी बसका सहचालक प्रेम परियारको मृ*त्यु भएको हो ।
दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार बेलुकी दु*र्घ*टना परेको थियो । दु*र्घ*टनामा परेर २८ वर्षकाका घोराही-१० घर भएका सहचालक परियारको मृ*त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।
गाडीमा सवार अन्य २१ जना जना घा*इ*ते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरमा दु*र्घ*टना भएको प्र*हरीले जनाएको छ ।
मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घा*इते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बसले च्यापेका सहचालक परियारलाई जेसिबीको साहयताले उद्धार गरिएको थियो । उद्धार गरेर अस्पताल पुर्याइएका उनको उपचारको क्रममा मृ*त्यु भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस