नायक पल शाह र गायिका समिक्षा अधिकारी बीचको सम्बन्ध बारे टिका टिप्पर्णी हुनुको कारण यस्तो रहेछ
1231 Views
काठमाडौं, खोज मिडिया ७ असोज । अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको सम्बन्धको बारेमा बजारमा विभिन्न हल्ला चलिरहेका बेला गायिका अधिकारीले यस बारेमा खुलाएकी छिन् । पल शाहसँग आफ्नो नाम जोडेर सम्बन्धका विषयमा समाचारहरू आएको भन्दै गायिका अधिकारीले आपत्ति जनाउदै यस बारेमा खुलाएकी हुन् ।
शाहसँग सम्बन्धका बारेमा तोडमोड गरेर तुच्छ कुराहरू मिडियामा ल्याई अफवाहको रूपमा फैलाउँदा नायक शाह र आफूलाई सामाजिक र चारित्रिक रूपमा निकै असर गरेको बताउँदै समीक्षाले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाई राख्दै उनले आफूहरू एउटै (इन्डस्ट्री) मा भएको तथा पल आफ्नो अभिभावक भएको उल्लेख गर्दै आफूहरूबिचमा कुनै अनैतिक सम्बन्ध नरहेको उल्लेख गरेकी छिन् ।
उनले कसैको व्यक्तिगत जीवनमा आँच आउने, मान हानी हुने तथा चरित्रहत्या गर्ने खालका समाचार नबनाउन पत्रकारहरूलाई अनुरोध गर्दै मिडियामा आएका कुरामा आफू र आफ्नो परिवारले खेद प्रकट गरेको बताएकी छिन्।
पल र समीक्षाले कुनै एउटा अन्तरवार्तामा बोलेका कुराको (कट आउट) हरू मिलाएर उनीहरूबिच प्रेम सम्बन्ध रहेको देखाउने (क्लिप) हरू सामाजिक सञ्जालमा देखिएका छन् ।
जसमा व्यक्तिगत जीवनलाई नै अप्ठ्यारो हुने खालका कमेन्टहरू लेखिएका छन् । यही सन्दर्भमा समीक्षाले फेसबुकमा यस्तो लेखेकी छिन् ।
समीक्षाको स्ट्याटस
नमस्कार मलाई समिक्षा अधिकारी बनाउनुहुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु । पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पल जिको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मेडियामा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथसाथै पल जिको क्यारिअर माथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिराको छन् ।
यसो नगर्नुहुन अनुरोध गर्दछु । बिना स्रोत अफबाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ । यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ ।
एउटै इण्डस्ट्रीजमा भएको हिसाबले पल जिले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाँको सदैव फ्यान पनि हुँ । र हामीबिच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेएको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरुको माया रहेसम्म सधैँ राम्रो काम गरिरहने छौँ ।
राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु । मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहाँ छु यो सब मेरा भगवानरुपी दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन । मेरो बारेमा मेडियामा आएका झुटा समाचारहरुपति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरुलाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्तिगत जिवनमा आँच आउने मान हानी तथा चरित्रहिन हुने किसिमको समाचार नबनाउनु होला । सबैलाई धन्यवाद





प्रतिक्रिया दिनुहोस