एमाले वडा अधिवेशनः तेह्रथुमका ४३ मध्ये १७ वडामा शनिवार अधिवेशन हुँदै
568 Views
तेह्रथुम,खोज मिडिया ६ कात्तिक । तेह्रथुम जिल्लामा ४३ मध्ये १७ वटा वडाहरुमा नेकपा एमाले तेह्रथुमको वडा अधिबेशन शनिवार हुँदैछ ।
आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिवार वडा अधिवेशन हुन लागेको हो । जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा ५, छथर गाउँपालिकामा १, फेदाप गाउँपालिकामा ४,मेन्छ्यायेम गाउँपालिकामा ५ र आठराई गाउँपालिकामा २ वटा वडाहरुमा अधिबेशन भइरहेको एमाले तेह्रथुमका प्रचार बिभाग प्रमुख छत्र रिमालले जानकारी दिए ।
रिमालका अनुसार लालिगुराँस नगरपालिकाको कुनै पनि वडामा अधिबेशन आज नहुने भएको छ । त्यस्तै, यसअघि नै मेन्छ्यायेम गाउँपालिकाको १,३ र ४ मा अधिबेशन सम्पन्न भएको छ ।
शनिबार वडा नं ५ र ६ मा हुने तयारी भएको छ । शनिवारबाट सुरु भएको अधिवेशन आगमाी कात्तिक २४ गते सम्पन्न हुने प्रचार बिभाग प्रमुख रिमाले बताए । तेह्रथुमका पालिका अधिबशेन भने कार्तिक २७ बाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस