G.L. Lama Auto Nepal Pvt. Ltd. लाई चितवनमा सम्पन्न अटो शोमा उल्लेखनीय सफलता
147 Views
चितवन । चितवनमा सम्पन्न अटो शोमा G.L. Lama Auto Nepal Pvt. Ltd. ले उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। कम्पनीका अनुसार अटो शो अवधिभर मात्रै New Gonow का १६ सिटर र १९ सिटर विद्युतीय यात्रुवाहक गाडी गरी २४ वटा बुकिङ भएको छ।
कम्पनीका म्यानेजर हेम बहादुर बोम्जनका अनुसार हालसम्म G.L. Lama Auto Nepal Pvt. Ltd. ले ४० भन्दा बढी New Gonow ईभी गाडी बुकिङ गरिसकेको छ। नेपाली बजारमा यात्रुवाहक विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै जाँदा ग्राहकको विश्वास पनि उल्लेखनीय रूपमा बढिरहेको उहाँले बताउनुभयो।
कम्पनीका अनुसार New Gonow को १६ सिटर मोडेलमा ४०० किलोमिटरभन्दा बढी रेन्ज उपलब्ध छ। १९ सिटर मोडेलमा पनि लामो दूरी सहज रूपमा सञ्चालन गर्न सकिने शक्तिशाली ब्याट्री र आधुनिक ईभी प्रविधि प्रयोग गरिएको जनाएको छ। कम सञ्चालन खर्च, आरामदायी यात्रा र वातावरणमैत्री विशेषताका कारण व्यवसायीहरू विद्युतीय गाडीप्रति आकर्षित हुँदै गएको कम्पनीको भनाइ छ।
नेपालको सडक अवस्था र व्यवसायीको लगानीलाई ध्यानमा राख्दै कम्पनीले पार्ट्स, सर्भिस र ग्राहक सेवामा विशेष प्राथमिकता दिएको जनाएको छ। कम्पनीले २४ सै घण्टा सेवा उपलब्ध गराउनुका साथै हप्तामा दुई पटकसम्म ग्राहकसँग प्रत्यक्ष सम्पर्क गरी गाडीको अवस्थाबारे जानकारी लिने र आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएको बताएको छ।
कम्पनीका अनुसार चुस्त ग्राहक सेवा, अत्याधुनिक प्रविधि र भरपर्दो आफ्टर सेल्स सेवाका कारण New Gonow ईभी अहिले नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ। चितवन अटो शोमा प्राप्त २४ वटा बुकिङलाई कम्पनीले नेपाली बजारमा विद्युतीय यात्रुवाहक सवारीको बढ्दो सम्भावनाको संकेतका रूपमा लिएको छ।





प्रतिक्रिया दिनुहोस