नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनका लागि मिस & मिसेस मल्टी ट्यालेन्ट नेपाल २०२६ को अडिसन र ट्रेनिङ धमाधम हुँदै
660 Views
काठमाडौं । नेपाली भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ MBS Event Management Pvt. Ltd. ले ‘Miss & Mrs. Multitalent Nepal–2026’ सौन्दर्य प्रतियोगिता पहिलो सिजन आयोजना गर्ने भएको छ।
विश्वभर छरिएर रहेका नेपाली समुदायलाई नेपाली मौलिकता, भाषा, संस्कृति र परम्परागत कलाको महत्वबारे सन्देश दिने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार नेपाल विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक भएकाले यहाँ आउने विदेशी पर्यटकहरूलाई पनि नेपाली संस्कृतिको विविधता परिचित गराउन कार्यक्रमले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ।
नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले सम्पन्न देश भएकाले यहाँका मौलिक भाषा, रीतिरिवाज, संस्कृति तथा परम्परागत ज्ञान–कलाको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको आयोजकको भनाइ छ। विशेषगरी Nepal Tourism Year 2026 लाई सफल बनाउन पर्यटन प्रवर्द्धनसँगै सांस्कृतिक पहिचान जोगाउने खालका कार्यक्रमहरू महत्वपूर्ण हुने उनीहरूको विश्वास छ।
सोही उद्देश्यका साथ काठमाडौंको मुटुमा रहेको MBS Event Management Pvt. Ltd. ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो। कार्यक्रममार्फत लोपोन्मुख भाषा, कला र संस्कृतिको संरक्षण गर्दै परम्परागत ज्ञान र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगिताको तयारीस्वरूप प्रशिक्षण कार्यक्रम बैशाख २४ गतेदेखि Black Star Gym मा सुरु भइसकेको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको छ।
प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष Chesang Lama, व्यवस्थापन निर्देशक (प्रोग्राम मेनेजर) Uttar Lama, डान्स कोरियोग्राफर तामाङ चलचित्र क्षेत्रका महानायक Amir Dong, अन्तर्राष्ट्रिय कोरियोग्राफर Rojin Shakya तथा को–अर्डिनेटर Sonika Lama रहेका छन्।
आयोजकका अनुसार प्रतियोगिताले प्रतिभाशाली महिलाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस