रितिका सुनार ‘NAAT Miss Airhostess International Season 3’ को विजेता
402 Views
काठमाडौँ। NAAT Aviation Academy द्वारा आयोजित Yeti Airlines Presents NAAT Miss Airhostess International Season 3 को उपाधि रितिका सुनारले जितेकी छन्। प्रतियोगिताको ग्रान्ड फिनाले काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको थियो।
विजेता सुनारले उपाधिसँगै यति एयरलाइन्समा केबिन क्रु पदमा रोजगारीको अवसर समेत प्राप्त गरेकी छन्। उक्त अवसरको औपचारिक घोषणा तथा नियुक्ति पत्र यति एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत (Chief of Safety) श्री सन्त प्रजापति ले प्रदान गरेका थिए। रितिका यस सिजनकी विजेता घोषित हुँदै ‘मोस्ट ट्यालेन्ट’ उपाधि समेत जित्न सफल भइन्।
प्रतियोगितामा शर्मिला कुमारी प्रथम उपविजेता घोषित भइन्। उनले ‘सर्वोत्कृष्ट व्यक्तित्व’ उपाधि समेत हात पारिन्। त्यसैगरी एस्थर मटे दोस्रो उपविजेता बन्दै दर्शक छनोट पुरस्कार र सर्वोत्कृष्ट क्याटवाक उपाधि जित्न सफल भइन्।
अन्य विशेष विधातर्फ रितु चौधरी ले सर्वाधिक लोकप्रिय र मल्टिमिडिया छनोट पुरस्कार जितिन् भने सुजाता जमकटेल ले सर्वोत्कृष्ट शारीरिक बनावट र परिमा गुरुङ ले सर्वोत्कृष्ट फोटोजेनिक उपाधि प्राप्त गरिन्।
कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई फेसन कोरियोग्राफर तथा पर्सनालिटी ट्रेनर श्री लभिन अन्सारी द्वारा केबिन क्रु पेशासँग सम्बन्धित शिष्टाचार, प्रस्तुति कला, क्याटवाक, ग्रुमिङ तथा व्यावसायिक व्यक्तित्व विकाससम्बन्धी सघन प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत श्री सुधन सुबेदी रहेका थिए। निर्णायक मण्डलमा समर्पण जंग कार्की (Mr. Nepal 2023 तथा बुद्ध एयरका पाइलट), ईभा जैसवाल (Etihad Airways की अन्तर्राष्ट्रिय केबिन क्रु), अनिता खड्का (अन्तर्राष्ट्रिय पेजेन्ट विजेता तथा मनोवैज्ञानिक) र रचना सुनार (यति एयरलाइन्सकी प्रमुख केबिन क्रु) रहेका थिए।
NAAT Aviation Academy का प्रमुख कार्यकारी अधिकृत शेखर पाण्डे ले प्रतियोगिताले युवतीहरूलाई व्यावसायिक उड्डयन क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्य सफलतापूर्वक पूरा गरेको बताए। उनले सहभागी, निर्णायक तथा सहकार्य गर्ने सम्पूर्ण संस्थाहरूप्रति आभार समेत व्यक्त गरे।
नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजी (NAAT) ले काठमाडौँको बानेश्वरमा बेलायतको प्रतिष्ठित प्राविधिक शिक्षण संस्था City & Guilds को सम्बन्धनमा एयर होस्टेस तथा एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। NAAT नेपालमै यस स्तरको एभिएसन शिक्षा प्रदान गर्ने अग्रणी संस्थामध्ये एक हो।
संस्थाले एयर होस्टेसका लागि ३६० घण्टा क्रेडिट आवर तथा ग्राउन्ड ह्यान्डलिङतर्फ लेभल–२ डिप्लोमा (४०० घण्टा क्रेडिट आवर) को कोर्स सञ्चालन गर्दै आएको छ। कक्षा १२ उत्तीर्ण वा परीक्षा दिई बसेका विद्यार्थीले तालिम पूरा गरेपछि नेपाल तथा विदेशका विभिन्न अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीहरूमा रोजगारी पाउने अवसर प्राप्त गर्न सक्नेछन्।





प्रतिक्रिया दिनुहोस