लुम्बिनी प्रदेशमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को प्रदेश समिति गठन
233 Views
नेपालगन्ज। बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को लुम्बिनी प्रदेश स्तरीय समिति गठन गरिएको छ। प्रदेशअन्तर्गत रहेका सदस्य संस्थाहरूको आज सम्पन्न भेलाले ७ सदस्यीय प्रदेश समिति चयन गरेको हो।
नवगठित प्रदेश समितिको अध्यक्षमा बिग्रुपका कार्यकारी निर्देशक डम्बर सुनार चयन भएका छन् भने सचिवमा बास नेपालका निर्देशक हेमराज भट्ट चयन भएका छन्।
त्यसैगरी, समितिका सदस्यहरूमा क्रमशः कमला सापकोटा, विकिरण गौतम, दिपसरा पुन र चिरन्जीवी ज्ञवाली चयन भएका छन्। समितिको एक सदस्य पद भने नव निर्वाचित प्रदेश समितिको पहिलो बैठकले मनोनित गर्ने गरी हाललाई रिक्त राखिएको छ।
सिजपका महासचिव राजु घिमिरे को अध्यक्षतामा सम्पन्न प्रविधिमैत्री भेलामा सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे सिजप लुम्बिनी प्रदेश इन्चार्ज शिवलाल पाण्डे ले जानकारी गराएका थिए। कार्यक्रममा महासचिव घिमिरेले सिजपले हालसम्म गर्दै आएको कार्य, साथै प्रदेश समिति गठन तथा व्यवस्थापन कार्यविधिबारे प्रस्तुतीकरण गरेका थिए।
नवगठित प्रदेश समितिको कार्यकाल २ वर्ष को रहनेछ।
बालबालिका शान्तिक्षेत्र अभियान (सिजप) ले बालमैत्री वातावरण निर्माण, पोषणमैत्री कार्यक्रम प्रवर्द्धन, बाल संवेदनशील सामाजिक सुरक्षा, तथा बालअधिकारको संरक्षण र सम्बर्द्धनका लागि देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ।





प्रतिक्रिया दिनुहोस